कविताकै भाषा लिएर

‘न्यूजविक’ले मे ४, २००४ को अंकमा एज्ररा पाउण्डको ‘कविता म¥यो, यसको वास्ता कसले ग¥यो ?’ (पोयट्री इज डेडः डज एनिबडी रियल्ली केयर ?) शीर्षकको विष्फोटक लेख प्रकाशित गरेको थियो । उक्त लेखले संसारमा कविताको आत्मा मर्दै जान थालेको र कविता एक्लिँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेको थियो ।
पछिल्ला केही दशकमा नेपाली कविताले छिचोलेका आरोह–अवरोहरु हेर्ने हो भने थोरै कविताबाहेक साँचो कविताको भाषा कवितामा थिएन नै । बरु, कविताको आफ्नो भाषा धेरै आख्यानमा गयो, गीतमा गयो । अरु केहीमा गयो । तर, कविताचाहिँ अरुलाई कपडा बाँड्दा–बाँड्दा आफू नांगिएर भागेको कुनै सम्राटजस्तो भयो । अथवा, कविताले आफ्नो उज्यालो अरुलाई बाँडेर आफू धिपधिपाउँदै बलिरह्यो । यो समयमा अत्यन्तै थोरै कवितााहेक धेरै कविता, कविताका नाममा अनेकथोक भएर आए । ती कविताले असल कविताका पाठकमाथि निमर्म दमन नै गरे । भाषाको सौन्दर्य र सामथ्र्यका निम्ति कविता पढ्नै नपर्ने भयो । नेपाली कवितामा यो ठूलो नोक्सान भयो ।

साँच्चै भन्ने हो भने पछिल्ला केही दशकमा नेपाली कविता ठेगाना हराएर कतै भौतारिइहेको फकीरजस्तै भयो । कवितालाई आम मान्छेले हेर्न छाडिदिए । कवितालाई प्रेम गर्न छाडिदिए । कवितादेखि धेरै पाठक विकर्षित भए । यो नेपाली कविताका लागि सबैभन्दा धुमिल समय रह्यो । यसरी उन्नत कवि र कविताको तीव्र अभाव भइरहेका बेला अभावको त्यो खाडल पुर्न हिम्मतका साथ आएका थोरै कविहरुमध्येका एक कवि हुन्– रमेश सायन । जो आफ्नो कविताशक्ति र सामथ्र्यका बलमा सुकिला र शक्तिसाली कविताहरु लेखिरहेका छन् । र, दृढ छन्– नेपाली कविताको राजमार्गलाई अरु विस्तार गर्न ।
अहिलेलाई हेर्दा रमेश सायन सिर्फ ‘एकथान कवि’मात्रै हुन् । यी एकथान कविसँग केही थान स्वतन्त्र र उज्याला कविताहरु छन् । ती नै कविताको उज्यालोले उनी कविताको यो आँधीमय बाटोमा हमेसा हिँडिरहेका छन् । उनी स्वयंलाई पनि थाहा छैन कि यो बाटोले उनलाई कविताकै मुलबाटोमा निकाल्छ, अथवा अलिपर पु¥याएर भिरबाट खसाल्छ । तर, उनी झोलाभरि अक्षरहरु बोकेर अथवा अक्षरहरुकै सिँढी बनाएर कविताको पहाड उक्लिरहेका छन् । कविताको पाठशालाबाट यो देशका निम्ति चाहिँने उज्यालो बोकेर कुदिरहेका छन् ।
Ramesh Sayanयौटा असल कविलाई देशको यौटा ‘आर्ट ग्यालरी’ भन्न मिल्छ कि मिल्दैन, म भन्न सक्तिँन । तर, उनका केही थान कविताहरु पढिसकेपछि मलाई लागिरह्यो– कवि रमेश सायन यो देशको यौटा ‘आर्ट ग्यालरी’ हुन् । कविताका थुप्रै कोलाज बोकेर हिँड्ने चित्रकार हुन् । जोसँग यो देशका उन्नत सपना–विपना छन् । आशा–निराशाहरु छन् । यही देशका सुख–दुःख, भोक–तिर्खा, घाउहरु अनि मुस्कानहरु हरबखत उनीसँगै भइरहन्छन् । कविताको जति लामो सफर गरे पनि अथवा कवितादेखि जति भागे पनि उनी यही देशको भूगोलभित्रै हुन्छन् । देशको सिमाना नाघेर हिँड्दैनन् उनी । बरु, उनको कविता–चेत र काव्यिक हृदय घुमिहिँड्छ, विश्वभरि ।
रमेश सायनका कवितामा पाइने सबैभन्दा सुन्दर पक्ष हो– भाषाको सौन्दर्य र त्यसको सामथ्र्य । कविताामा कविताकै भाषा निर्माण गर्न सक्ने र कविताकै जीवन दिन सक्ने उनको कविताप्रतिको आत्माविश्वास र प्रेम कम लोभलाग्दो छैन । उनी यो देशका अनेक तस्बिरहरुलाई बडो प्रेमले आफ्नो हृदयमा टाँगेर जति सजिलै संसारका सुन्दर विम्बहरु निर्माण गर्छन्, त्यसलाई त्यति नै सहज र सुन्दर ढंगले उपयोग पनि गर्छन् । उनका कवितामा हृदयले कुँदेको भाषा भेटिन्छ । हृदयकै मसी भेटिन्छ । मस्तिष्कले निफनेको चेतना भेटिन्छ । बर्षौंदेखि प्रेमले बटुलेर राखेका विम्ब र मिथकहरु भेटिन्छन् । जब कवितामा यस्ता कुरा हुन्छन्, त्यहाँ कवितालाई कसैले सुरक्षा दिइरहन जरुरी पर्दैन । कविता आफ्नै शक्तिका बलमा सुरक्षित हुन्छन् ।
आमा पत्रमा पठाउनु हुन्छ
आफ्नै आयु घटाएर मेरो दिर्घायु
पहरामा ठोकिँदै खसेको घाम
र एक लय भिरफूलको गीत
चैतको पश्चिमा हुरी
र बगैंचामा खसेको हजारीको धारा
आफ्ना चोखा ईन्द्रिय
र मेरै लाटो चेतना
आमा आधा मिलेको, आधा नमिलेको
मेरै जीवनलय पठाउनु हुन्छ ।
(आमाको देश)
म ठान्दछु, उत्तम कविता विचार र कलाले निर्माणा गरेको यौटा इक्विबिलिया हो । म यस्तो पनि ठान्दछु कि कविता नितान्त सामाजिक जेनर हो । सामान्य सत्यको झ्यालबाट हेर्दा पनि कविता समाजको यौटा उत्तम भाका हो । जसले समाजकै गीत गाउँदछ । भाषाका माध्यमबाट समाजसँग समानान्तर संवाद गर्दछ । तर, कवि र कविता बढी सामाजिकरण भइदिँदा बेलाबेला राजनीतिक रङ छ्यापिन्छ । यौटा कविको कोलाजमा राजनीतिक नाराका पम्प्लेटहरु टाँसिन्छन् । त्यस्तो बेला कवितालाई नारा र थ्योरीबाट सर्लक्क जोगाउन कलात्मक शैली आवश्यक हुन्छ । अन्ततः यी दुवैको हाइब्रिडले उत्तम जातको कविता उत्पादन गर्छ । मलाई लाग्छ, रमेश सायन त्यही कविताको ब्रान्ड उत्पादन गर्ने जेनर कवि हुन् । जोसँग कविताको विशाल हृदय छ ।
रमेश सायनका कविताहरु पढिसकेपछि मलाई भन्न मन लागेको एउटा अर्को कुरा हो– उनी कवितामा देशीय मौलिकता बोकेर हिँड्ने ती कवि हुन्, जोसँग कविताको अत्यन्तै राम्रो मौलिक कमाण्ड छ । त्यसलाई कविताप्रतिको उनको निष्ठा भनिदिए पनि हुन्छ । अथवा, कविताप्रतिको उनको अडान । यही कुरालाई अगाडि राखेर हेरियो भने उनका कविता जहाँ गए पनि यही राष्ट्र बोकेर हिँडेझैँ  लाग्छ । यही राष्ट्रका सपना बोकेर डुलेझैँ लाग्छ । यही राष्ट्रलाई खाँचो पनि उज्यालोको खोजिमा अँध्यारोविरुद्ध उत्रिएझैँ लाग्छ । अतः उनका कवितामा बारम्बार भेटिइरहने र महसुस भइरहने कुरा पनि यिनै हुन् । जो कविताका रङहरु पनि हुन् ।
कविताको सन्दर्भमा मलाई लाग्छ, ‘नबुझिने कविता’ लेख्न जति सजिलो हुन्छ, आम पाठक र मानिसले ‘सजिलै बुझ्ने’ कविता लेख्न त्यति नै गाह्रो हुन्छ । हामीकहाँ अझै पनि थुप्रै कविहरु प्रयोगवादी भएर नबुझिने र अप्ठेरा कविताहरु लेखिरहेका छन् । त्यस्ता कविता लेख्नु अत्यन्तै सजिलो हुँदो हो । तर, आम मानिसले बुझ्नेगरी कविताकै भाषामा कविता लेख्नुचाहिँ बडो गाह्रो हुँदोरहेछ । रमेश सायन, त्यो भीडका कवि होइनन् । यी आम मानिसको हृदयले बुझ्ने कविता लेख्छन्– कविताकै सौन्दर्यतामा । कविताकै भाषामा ।
कवि रमेश सायनको काव्यिक सामथ्र्य भिन्न र विशिष्ट छ । उनका कविताहरुमा भेटिने शालिन विद्रोह र मौन कम्पन निकै प्रिय हुन्छ । उनका धेरै कविताहरुमा सीमान्तकृत जीवन र त्यस जीवनले चाहेको परिवर्तन उत्कृष्टमात्रै छैन, ती आवश्यकीय पनि छन् । उनी कवितामार्फत् सहज र शालिन विद्रोह बोल्छन् । यथास्थितीसँग उनी पनि अरुजस्तै असन्तुष्ट नै छन् । उनीसँग पनि छन्– यावत् विमतिहरु । कति ठाउँमा त उनी यो वर्तमानसँमात्रै असन्तुष्टि पोख्दैनन्, आफैँविरुद्ध पनि उनको व्यापक असन्तुष्टि छ । तर, त्यो असन्तुष्टि पोख्न उनी चर्को बोल्दैनन् । त्यस्तो असन्तुष्टि र विरोध मौन र हार्दिकताका साथ उठ्छ । तर, कवितामा त्यसको प्रभाव चाहीँ गहिरो र स्थायी हुन्छ ।
म बडो विश्वासका साथ भन्दछु– कविताविरुद्ध राँकेजुलुस नै निकाले पनि कविता, कविता नै हो । विश्व साहित्य बजारभरि अहिले कविताप्रतिको आकर्षण घट्दो भए पनि, भारतीय बजारमा डिस्कोर्स निकै चले पनि, नेपाली बजारमा पाठकहरु उपन्यासतिरै एकोहोरिए पनि इतिहासदेखिको कविताको प्रतिष्ठा र अस्तित्व मरिसकेको छैन । कविताको इतिहास मेटिइसकेको छैन । बरु, खाँटी कुरा त यो हो कि कविताको भाषिक सामथ्र्य र सौन्दर्य, हृदयी र जादुमय भाषा अरु विधामा गयो, र ती नै विधाहरु धेरै पढिए पछिल्लो समयमा । पढिँदैछन् पनि ।
मेरोे घरसम्म आईपुग्दा
बतास पनि एकपल्ट अलमलिन्छ
मेरो घरको छानोबाट उडी गएको चंगा
लट्टाई सम्झेर सरासर फर्कन सक्दैन
स्वयं मेरी प्रेमिका
दसौंपल्ट सोधेर आईपुग्छिन् मेरो ठेगानामा
मेरा साथीभाइ/आफन्त
सयौँपल्ट सोधेर आईपुग्छन् मेरो आँगनमा
वर्षाै पहिले परदेशमा हुँदा
बा–आमा सम्झेर रजिष्ट्ररी पत्र पठाए थें
आफ्नै घरको हुलाकी ठेगानामा
म नै आएँ पहिले,
आफ्नै ठेगाना सोध्धै सोध्धै हुलाकी पत्र आएन ।
(मृत्यु आइपुग्ने ठेगाना)
‘साताको साहित्य डट् कम’ ले सन् २०१३ का लागि प्रदान गर्ने ‘साताको साहित्य पुरस्कार’ रमेश सायनलाई प्रदान ग¥यो, ताम्रपत्र र रु.बीस हजारको थैलीसहित । यसदेखि बाहेक उनले रातारात चर्चा भैहाल्नेगरी खास केही गरेका छैनन् । लेखेका पनि छैनन् । तर, अहिले उनी जे लेख्दैछन्, उत्तम लेख्दैछन् । जति लेख्दैछन्, त्यो पर्याप्त लेख्दैछन् । उनका नयाँ–पूरानागरी ३ दर्जन कविताहरु संगृहीत पुस्तक ‘भागेर भूगालेभरि’ प्रकाशनको क्रममा छ ।
गहिरो खोला होहल्ला नगरी शान्त भएर बग्छ । सायन त्यही नदी हुन्, जो यौटै लयमा बगिरहेका छन् । उनी भाषा, साहित्यको केन्द्र भनिने काठमाडौंबाट अलग्गै बस्छन्, मोफसलमा । त्यहीँ बसेर उनी कविताका निम्ति पसिना बगाइरहेका छन् । उनलाई कुनै गुट–उपगुट वा सर्कलले छुँदैन । उनलाई कुनै गुटमा जोडिनु पनि छैन । न त त्यसप्रति उनलाई विश्वास नै छ । उनी आफ्ना कविताझैँ चोखा र स्वतन्त्र छन् ।

(नागरिक-पश्चिमेली, २०७० फागुन १६)

http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1700-nagarik-28-feb-2014/2-nagarik.html

You can leave a response, or trackback from your own site.

10 Responses to “कविताकै भाषा लिएर”

  1. ताप्लेजुङ डायरी says:

    सुदूर पूर्वका एक उज्याला नक्षत्र ! गम्भीर लेखनमा उन्नत प्रयत्न गरिरहेका यी लेखक, समीक्षकको कलम अझै निखारिँदै जाओस्, शुभकामना ।

    पस्तुत लेखन एउटा गम्भीर टीप्पणी हो । अरु कुरा त सधैँ तपशिलकै त हुन् ।

  2. Kopila Ojha says:

    wah ! pathaniya lekh !

  3. Anamika Aryal says:

    आमा पत्रमा पठाउनु हुन्छ
    आफ्नै आयु घटाएर मेरो दिर्घायु
    पहरामा ठोकिँदै खसेको घाम
    र एक लय भिरफूलको गीत
    चैतको पश्चिमा हुरी
    र बगैंचामा खसेको हजारीको धारा
    आफ्ना चोखा ईन्द्रिय
    र मेरै लाटो चेतना
    आमा आधा मिलेको, आधा नमिलेको
    मेरै जीवनलय पठाउनु हुन्छ ।
    (आमाको देश)

    poem ni goood, sami6ya jhan good……..

  4. Anju Maharjan says:

    केही समयअघि रेडियो कान्तिपुरबाट भूपेन्द खड्कासँगको एक अन्र्तवार्तामा यी कवि (Ramesh Sayan) को बारेमा केही जानें, कविता पनि सुनें । थोरै प्यास त्यतिबेला मेटियो ।

    तर, धेरै प्यास आज यो लेखबाट मेटियो । लेख निकै प्रभावपूर्ण र कलात्मक छ । एकपल्ट हैन, पटकपटक पढेर आनन्द लिएँ मैले त ।

  5. Prabin says:

    स्वस्थ प्रतिक्रिया तथा सुझावका लागि सबैप्रति म नमन छु । आगामी दिनहरुमा आफूले सकेको राम्रो गर्ने कोसिस सधैँ हुने छ ।

  6. Purnima Sapkota says:

    Oh ! Serious writing, heart touching yar…. Keep it up hai Pravin Baniya ji.

  7. Gyanu Thapa 'Sirjan' says:

    priya kabi/lekhak ko sundar sami6ya, tippani. aba kabiko aaune book padna aatur 6u ma ta….

  8. Dhana Bista says:

    ramro lekhani….. ajhai ramro garnuhune6 vanne aasa pani…

  9. Ramesh Baral 'Dillagi' says:

    good ! good v good !

  10. Siksha Parajuli says:

    कवितामाथिको गहन ‘डिस्कसन’….. ।

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;