कवितामा ग्रामीण भाका

तन्नेरी कवि हेमप्रभासको नवीनतम् कविताकृति łगीतैगीतको गाउँ’ हालसालै प्रकाशनमा आएको छ, तेस्रो कृतिका रुपमा । कृतिमा लामाछोटा गरी ३२ थान कविता छन् । हेमप्रभास वर्तमान पुस्ताका त्यस्ता प्रतिनिधि कवि हुन्, जो कविताको यौटा फरक बाटो, कविताको भर्जिनिटी र नयाँ किसिमको कोरियोग्राफीको खोजिमा छन् । उनको नयाँ कृति पढिसकेपछि पाठकले कवितामा केही फरक कुराको अनुभूति गर्नेछन् ।
खासगरी कवि हेमप्रभास काव्यिक निजत्व र फरक शैलीका बलमा कवितामा फरक क्षमता राख्छन् । उनी कुनै मञ्चमा उभिएर लिखत नेहरी ५०औं वटा कविता भन्न सक्छन्, यसलाई कविताप्रतिको उनको ‘सेल्फÐकन्फिडेन्स्’ मान्दिँदा हुन्छ । आफ्ना छाडी उनलाई अरु कविका कविता पनि कण्ठै हुन्छन्, यस्तो क्षमता कविमा विरलै पाइएला । बाँकी कुरा उनका कवितामा पाइने ताजापन हो । नयाँ कुराको आविष्कार गर्ने उनको त्यही स्वभाव कविको खास पहिचान पनि हो । पूरानो शैलीका कविता पढ्दै आइरहेका पाठकहरुमा यी कविताले प्रशस्तै ठाउँ लिन्छन् । यदि नेपाली कवितामा कोही नयाँ कुरा पर्खिरहेको छ भने पनि उसका लागि यी कविता सुन्दर विकल्प हुन सक्छन् । łगीतैगीतको गाउँ’ पढिसकेपछि पाठकले एकपटक łमुड फ्रेस’ बनाउन पाउँछ ।

Cover_Gitaigitko Gaun (Hempravash)नामबाटै थाहा हुन्छ, łगीतैगीतको गाउँ’ ग्रामीण जनजीवनको भाका हो । यथार्थमा गाउँ कसरी बाँचेको हुन्छ, त्यहाँका सुखÐदुःखका उकालीÐओरालीहरु के, कस्ता हुन्छन्, पीरहरुका ठाडा खोलाहरु कसरी बगिरहेका छन्, अभावका पहाडहरु कसरी अग्लिहरेका छन् र जवान गाउँहरु कसरी मुग्लान पसिरहेका छन् भन्ने कुरा हेमप्रभासका कविताहरुमा सुन्दर ढंगले उनिएका छन् । उसो त उनका कवितामा गाउँका गीतमात्रै छैनन्, सहरका कर्कसपूर्ण आवाजहरु पनि छन् । सहरका आम समस्या र पीडाहरु कविताले उस्तैगरी गाएका छन् । गाउँमा सुनिने चराहरुको गीत, हरियो बसन्त भित्र्याउने रुखहरु, किसान र भरियाका जिन्दगीका सुस्केराहरु, खेतÐखलियान आदि उनका कविताका खास सौन्दर्य हुन् । त्यसैगरी, सहर र त्यहाँको जिन्दगीसँग गाँसिन आइपुग्ने अनेक पाटाहरु पनि उनका कविताका विषय बनेका छन् ।
हेमप्रभासका कवितामा पाइने सबल पक्ष होÐ भाषाको प्रयोग र विम्बको निर्माण । प्रायः प्रयोग भइरहने र चलनचल्तिका विम्बहरु पढ्दै आइरहेका पाठकका निम्ति हेमप्रभासका कवितामा विशेष राहत मिल्छ । कविले आफ्ना कवितामा परम्परा र प्रयोगमा आइरहेका सीमित विम्बविधानलाई नसमातेर नयाँÐनयाँ विम्बहरुको खोजि गरेका छन् । चोखा र सुन्दर विम्बहरु निर्माण गर्न र प्रयोग गर्न सक्ने कविमा जुन खुबी छ, त्यो असाधारण छ । नयाँ मिथकहरुको आविष्कार गर्ने र पूराना मिथकहरुलाई पनि समयअनुसार मानवीकरण गर्ने उनको जुन प्रयास छ, त्यो निकै लोभलाग्दो छ । उनका हरेक कविता पढ्दा कुनै पाठकलाई विम्बैविम्ब पढिरहेको जस्तो लाग्छ । कविता पढिसक्दा पाठकले मीठो आनन्द लिइसक्छ, वास्तवमा उनका कविताको खास आकर्षण यही हो ।
हेमप्रभास कवितामा विम्बहरुको बाक्लो प्रयोग गर्न रुचाउँछन् । अघिल्ला कृतिहरुझैँ प्रस्तुत कृतिमा पनि हेमप्रभास त्यही स्भावमा आएका छन् । तर, यसपटक उनी निकै सतर्क र जिम्मेवार बनेर आएका छन् । विम्बहरुको प्रयोग घना नै भए पनि त्यसलाई उचित व्यवस्थापन गर्ने कुरामा उनले मेहनत गरेका छन् । कवितामा भाषाको निर्माण र प्रस्तुतीमा नयाँपन छ । भाषा रहस्मयी र गतिवान् छ । मिथकीय आकर्षण र भाषिक सौन्दर्यतामा नयाँ स्फूर्ति पाइन्छ । प्रकृति, देश, युद्ध, प्रेम, यौन समाज आदि विषयमा लेखिएका सुकिला र बलिया कविताहरु छानीछानी पढ्न पाइने सुविधा łगीतैगीतको गाउँ’मा छ । ***

शुक्रबार, २०७१ मंसिर १२ ।
www.nagariknews.com/shukrabar

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;