क्रिकेटले बाँडेको खुसी

विश्व खेलकुदको इतिहास हेर्दा क्रिकेटले लामै यात्रा पार गरिसकेको छ । १६ औं शताब्दीमा पहिलोपल्ट क्रिकेट  खेलको सुरुआत भएको थियो– इङ्ल्याण्डमा । विस्तारै यो खेलको जरा बेलायततिर पनि स¥यो । खासगरी बेलायतीहरुले त्यतिबेला आफ्ना उपनिवेश राष्ट्रहरुमा प्रवेश गराएको पाइन्छ । लामै सयमसम्म यो खेल आन्तरिक रुपमै सिमित रह्यो । यौटा देशलाई अर्को देशसँग जोड्ने माध्यम बन्न करिब दुई शताब्दी नै लाग्यो, क्रिकेटलाई । सन् १८४४ देखि एक देशले अर्को देशसँग क्रिकेटलाई प्रतियोगिताकै रुपमा खेल्न थाले । ‘लौरोले बललाई हान्नुपर्ने’ यस्तो खेल सिक्न खास गरी भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इन्डिजजस्ता देशलाई धेरै समय नै लागेन । ती नै देशहरुबाट फैलिएको क्रिकेट आज विश्व खेलकुदकै दोस्रो लोकप्रिय खेल बन्न पुगेको छ ।
आज नेपालमा पनि क्रिकेट खेल फुटबलपछिको दोस्रो लोकप्रिय खेल बनेको छ । क्रिकेटप्रतिको क्रेज झन्झन् उकालो चढिरहेको छ ।  छोटै सयममा यति अग्लो उचाइ बनाएको नेपाली क्रिकेटको इतिहास र विकास यात्रा पनि लामै छ । खास गरी तात्कालीन राणकालमा बेलायात र भारतबाट ओहोर–दोहोर गर्ने संभ्रान्तहरु अथवा शासक वर्गकाले यो खेललाई नेपालमा पहिल्यै भित्र्याएको पाइन्छ ।

तर, त्यो बेला राणाहरुले क्रिकेटलाई आफ्नो पारिवारिक मनोरञ्जनका लागि मात्रै सिमित बनाए । अर्थात्, त्यो बेला क्रिकेट राणाहरुको सानो घेराभन्दा बाहिर जानै सकेन । सिधा हिसाबमा हेर्दा तात्कालीन राणा शासक मदनशमशेरले ‘विष्णु ट्रफी’ नाम दिएर पहिलो क्रिकेट प्रतियोगिता गराएका थिए, सन् १९४७ मा । त्यसपछि सन् १९६१ मा नेपाल क्रिकेट एसोसिएसनको स्थापना भयो । त्यही मोडदेखि नेपाली क्रिकेटको दायरा फैलियो । एकप्रकारले क्रिकेटले संस्थागत रुप लियो । सन् १९९६ देखि नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको थियो ।
***
नेपाल राजनीतिक पद्धति र व्यवस्थाका हिसाबले अहिले ‘अव्यवस्थित’ देशका रुपमा छ । यस्तो चरणबाट गुज्रिरहेको देशमा अरु धेरै कुरा अव्यवस्थाकै माझबाट चलिरहेका हुन्छन्, छन् । जस्तो कि ः शान्ति स्थापना, लोकतन्त्रको विकास, सुशासन स्थापना, विकास र समग्र राष्ट्रिय समृद्धिका सवाल आदि । यस्तो स्थितीमा यौटा कुनै पनि देशमा त्यो देशका आन्तरिक अन्तरवस्तुहरु अथवा देश विकासका पूर्वाधारहरुको परिचालन र उपदेयता ठिक रुपमा हुन सकिरहेको हुँदैन । जब विकासका पूर्वाधारहरु चल्दैनन्, त्यहाँ देशको अग्रगमनतर्फको यात्रा सम्भव पनि हुँदैन । देशभित्र भौतिक विकासलाई मात्रै शिखरमा पु¥याउनुले कुनै पनि देशको विकास र समृद्धिको मापन गर्न सक्दैन । कुनै पनि देशलाई विश्वसामु शक्तिसाली राष्ट्रका रुपमा चिनाउन त्यो देशको आन्तरिक पूर्वाधार विकास, सुशासन स्थापना, आर्थिक वृद्धि, उत्पादनको वृद्धि र स्रोत साधनहरुको उच्चतम् परिचालनजस्ता कुराले जति सहयोग गर्छन्, त्यतिकै रुपमा त्यो देशको कला, संस्कृति, भाषा, साहित्य, खेलकुद आदि विश्वसँग जोड्ने मूख्य सेतु बन्छन् । त्यसमा पनि खेलकुद यौटा देशलाई अर्को देशसँग जोड्ने सबैभन्दा बलिायो र सहज माध्यम हुँदोरहेछ ।
नेपाल यौटा विकासोन्मुख देश हो, जो भर्खर विकासको बाटोमा अघि बढ्न खोज्दैछ । यस्तो स्थितीमा यहाँका अरु धेरै कुरा उही पृष्ठभूमिमा छन् । अर्थात्, विकासकै चरणमा । राजनीतिक व्यवस्था र पद्धति गतिलो नभइदिँदा समयका हिसाबले धेरै अगाडि बढिसक्नुपर्ने नेपाल आज शताब्दीऔं पछाडि परिरहेको छ । हिजो आन्तरिक युद्धमा फसेका नेपालजस्ता धेरै मुलुकहरुले आज दशककै बीचमा अपत्यारिलो विकासको चरण पार गरिसकेका छन् । दृष्टान्त खोज्न टाढा जानै पर्दैन, अफगानिस्थान नामको देशलाई पढे नै काफी हुन्छ । केही वर्षअघिसम्म नेपालभन्दा अस्तव्यस्त थियो, अफगानिस्थान । तर, आज उसले छोटै समयमा धेरै कुरा हाँसिल गरिसकेको छ, नेपाल जहाँको ताहीँ छ । आज त्यो देशले भौतिक विकास र समृद्धिको जुन लय समातेको छ, त्यो धेरैका लागि पाठशाला बन्न सक्छ । खेलकुदकै क्षेत्रमा हेर्ने हो भने अफगानिस्थान आज विश्वमा नयाँ शक्तिका रुपमा उदाइसकेको छ, हामी भर्खर त्यो सामाथ्र्य जुटाउँदैछौं । त्यही अफगानिस्थान देशले हामीलाई खेलको मैदानमा पटक–पटक हरायो, हामीले उसलाई हराउन दशकौं कुर्नुप¥यो ।
***
हिजो हामी नेपालीले नेपाललाई विश्वमा चिनाउन सगरमाथाको गीत धेरै गायौं । वुद्धको गीत अझै धेरै गायांै । अनि गोर्खाली हुनुको दम्भ पनि गायौं । तर, अब समय बद्लिएको छ । बद्लिने क्रममा छ । आज हाम्रो देश राजनीतिक व्यवस्था र समृद्धिका हिसाबले जति अव्यवस्थित भए पनि विश्वसामु नेपाल र नेपाली हुनुमा गर्व गर्ने अवसर प्राप्त गरिरहेका छौं हामीले । राजनीतिक व्यवस्था र पद्धकिा हिसाबले ‘असफल राष्ट्र’जस्तै बनिरहेको देश नेपालले खेलकुदका क्षेत्रबाट विश्वका सामु सुखद् परिचय दिन थालको छ । लामै इतिहास बोकेको नेपाली खेलकुद हिजो–अस्तिसम्म आफ्नो देशको भूगोल नाघेर बाहिर जान सकिरहेको थिएन । यहाँको खेल आफैँमा सिमित थियो । विश्वका सामु उभिनु र विश्वकै ध्यान तान्नेगरी शक्ति देखाउने कुरा त सपनाजस्तै थियो । तर, आज ती सब कुरा सम्भव भएका छन् । हुने क्रममा छन् । नेपालको ‘राष्ट्रिय खेल’ कतै मर्दै गइरहेका बेला फुटबल जसोतसो बामे सरिरहेको नेपालमा अहिले क्रिकेट नामको खेल अपत्यारिलो गरी जागेको छ, जाग्ने क्रममा छ । अब नेपाल सगरमाथा र वुद्धको मात्रै देश रहेन । नेपाल अब ‘क्रिकेटको पनि देश’ भएको छ ।
Cricket_pic_jpgनेपालमा फुटबल खेल सबैभन्दा लोकप्रिय थियो । पछिल्ला केही वर्षलाई छाडिदिने हो भने नेपाली फुटबलले अन्तराष्ट्रिय यात्रा गर्ने अवसर पाए पनि उल्लेख्य परिणाम निस्कन सकेन । जसले नेपालको खेल क्षेत्र सधैँ पिछडिएकै स्थितीमा रहँदै आयो । तर, क्रिकेट खेलले छोटै समयमा लिएको गति र पाएका केही प्रतिनिधि सफलताले यहाँको खस्किँदो खेल क्षेत्रलाई माथि उठाउने काममात्रै गरेको छैन, विश्वसामु नेपाल राष्ट्रलाई चिनाउने महत्वपूर्ण काम पनि गरेको छ । केही वर्षअघिसम्म नेपालमा क्रिकेट र विश्वकपको कुरा गर्नेलाई ‘पागल’ भन्थे कतिले । कतिले ‘पूरा नहुने सपना’ भन्थे ।  तर, त्यो सपना साकार भएको छ । र, नेपाली क्रिकेट यौटा चरण पार गर्दै अर्को चरणमा प्रवेश गरेको छ । अतः आज क्रिकेट देश जोड्ने पुल बन्दैछ । क्रिकेटले नेपाललाई विश्वसँग जोड्दैछ । विश्वभरि छरिएर रहेका लाखौं नेपालीलाई जोड्दैछ । आफ्नो राष्ट्र र राष्ट्रियताप्रति एकतावद्ध गर्दैछ । खेलेरै पाएका एक÷दुई सफलताले आज करोडौं नेपालीहरुलाई नेपाल र नेपाली हुनुमा गौरव गर्ने ठाउँ दिएका छन् ।
***
हिजोसम्म हामीसँग विश्वमा नेपाललाई चिनाउन सगरमाथा र वुद्धमात्रै थिए । अब उप्रान्त विश्वले नेपाललाई नेपाल क्रिकेट खेल्ने राष्ट्र भनेर पनि चिन्ने छ । अघिल्लो वर्ष बंगालादेशमा ‘आईसीसी ट्वान्टी–ट्वान्टी क्रिकेट विश्वकप’ खेलेर घर फर्केको नेपालले ल्याएको खुसीले सिंगै देश एकपल्ट उज्यलो भयो । राजनीतिक र सामाजिक रुपले सधैँ निराश बनेका नेपालीलाई क्रिकेटले बेग्लै खुसी दियो । अनि, यौटा राष्ट्रभित्र र विश्वभरि छरिएका नेपालीलाई जोड्ने माध्याम त्यो देशको भूगोल र परिधिमात्रै नभई खेल पनि हुँदोरहेछ भन्ने साबित गरिदियो । यस्ता खुसीले जो–जो नेपाली, जाहाँ–जहाँ रहे पनि तिनीहरुमा आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रेम जागृत गर्ने र सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम गर्दोरहेछ भन्ने कुरा पनि व्यवहारमै महसुस गर्न पाइयो । अर्कातर्फ, खेलका माध्यमबाट आफ्नो देशलाई अन्तरािष्ट्रय समुदायसामु कति सजिलै र प्रभावकारी रुपमा चिनाउन सकिँदोरहेछ भन्ने पनि बुझ्न पाइयो । आज राष्ट्रिय राजनीति, राजनीतिक दर्शन, सिद्धान्तका बासी मुद्धामा राष्ट्र र जनता जसरी अल्झिरहेका छन्, एकपटक यो खुसीले सबैलाई ‘नेपाल हाम्रो देश हो र हामी नेपाली हौं’ भन्ने भावनालाई पुलकित गरिदिएको छ ।
नेपालले दुई वषैअघि मलेसियामा ‘आईसीसी विश्व क्रिकेट लिग’का लगातारका ६ वटा खेलमा शानदार विजय हाँसिल गर्दै लिगको च्याम्पियन बनेको थियो । नेपालले दुई वर्षयता ‘वल्र्ड क्रिकेट लिग, डिभिजन–४’, ‘डिभिजन–३’ र ‘एसीसी ट्रफी एलिट’ जित्दै नेपाली क्रिकेटको शक्ति र सम्भावनालाई विश्वसामु पेश गरिसकेको छ । भर्खरैमात्रै नेपालले मलेसियामा सम्पन्न भएको ‘वल्र्ड क्रिकेट लिग, डिभिजन–३’ को उपाधि हात पार्दा नेपाली क्रिकेटले पुनः एकपटक देशैभरि नयाँ खुसी बाँडेको छ । आज यो सफलता सिंगै देशलाई विश्वसामु चिनाउने माध्यम बनिरहेको छ । देशभित्र हुने एकाँध प्रतियोगिताको भरमा विश्वकप समेत खेलिसकेको नेपालले अरु प्रगतिका धेरै मार्गहरु प्रशस्त पनि गरेको छ । यो यौटा देशका निम्ति गौरवको कुरा हो ।
***
नेपाल विश्व क्रिकेटका लागि उदयीमान राष्ट्र हो भन्ने खबर नेपालले प्रवाह गरिसकेको छ । विश्वकपमा भएको  नेपालको प्रदर्शनले यसपटक थुप्रै राष्ट्रहरुलाई झस्किएको ।  एकाएक नेपाली क्रिकेटका अन्तरािष्ट्रय फ्यान र शुभचिन्तकहरु बढेका छन्, यो हाम्रा लागि महत्वपूर्ण कुरा हो । नेपाली त्रिकेट टिमका कप्तान पारस खड्काकै भनाइलाई सापटी लिएर भन्ने हो भने क्रिकेट सम्पूर्ण नेपालीलाई आपसमा जोड्ने ‘फ्याक्टर’ (तत्व) बनेको छ । जरुर, आगामी दिनहरुमा पनि यसको निरन्तरता रहिरहनु पर्दछ । खेलाडिहरुले पनि हारमा आत्मापरिक्षण र जीतमा जिम्मेवारी बढाउँदै लानेतर्फ सोच्नुपर्छ । अन्यथा, एक÷दुई विजय र यस्ता खुसीहरुको आयु लामो नहुन सक्छ ।
हामीलाई थाहा छ, जादुमय तरिकाबाट नेपाली क्रिकेट एकैपटक यस्तो सुखद् मोडमा आइपुगेको होइन । क्रिकेटलाई यहाँसम्म ल्याइपु¥याउनका लागि हामीले धेरै तपस्या र संघर्ष गर्नुपरेको छ । पाएको उपलब्धिको बलमा नयाँ योजना बनाएर अबका दिनमा नेपाली क्रिकेटलाई हाँक्न र अरु समृद्धितर्फ लैजानका लागि क्यान, सरकार र उसका सम्बन्धित संयन्त्रहरु सबै दत्तचित्त भएर लाग्न आवश्यक छ । देशभित्रै क्रिकेट पूर्वाधारको विकास, खेलाडिहरुलाई नियमित अभ्यास तथा आवश्यक तालिम र वृत्तिविकासका लागि गरिने काम अब सबैका प्राथमिकता पर्नुपर्छ । तबमात्रै नेपाली क्रिकेटका अरु सुखका दिन आउने छन् । <> 

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;