छुट्टै काव्यवाटिका

अझै पनि हामीकहाँ हुलाक सेवामा काम गर्ने मान्छेजस्ता कविहरु छन् । हुलाक सेवा जसलाई अहिले मोबाइल, कम्प्युटर र इन्टरनेटजस्ता प्रविधिले लगभग विस्थापन गरिसक्यो । यसरी हुलाक सेवाको उपयोगिता सकिसक्दा पनि हुलाकीहरु अझै पनि आफूहरुको सेवाको उपयोगिता रहिरहेको भ्रममा छन् । कतै हाम्रो कविताकर्म पनि हुलाक सेवाजस्तो मात्रै त छैन ? यसतर्फ सोच्न ढिला पो भइसक्यो कि ’ समय, समाजका अन्तरवस्तुहरु बद्लिसकेको अवस्थामा कविहरु बद्लिन सकेनन् भने अन्य कुराले कवि र कवितालाई ठाउँ प्रशस्त गरिदिन्छन् । जब प्रविधि र बजारले कवि र कविताको विकल्प चौडा गरिदिन्छ, त्यो कविताको निम्ति निर्दयी समय हुन सक्छ । भन्नुको अर्थ अब पनि समाजकेन्द्रित नभएर कवितामा आत्माकेन्द्रित पीडा नै बोलिराख्ने हो भने कवि र कविता थप एक्लिन सक्छन् । अबको समयमा हाम्रा कविहरुलाई यो चिन्ताले भत्भति पोल्नुपर्छ ।

चित्रकार कवि चन्द्र रानोहोंछाको पहिलो कविताकृति ‘थिबिया चराको गीत’ हालसालै प्रकाशनमा आएको छ । कृतिमा फरकÐफरक विषयवस्तुलाई छोएर विभिन्न कालखण्डमा लेखिएका ४० कविता स»्ग्रहित छन् । मोटाइका हिसाबले औसत देखिने ‘थिबिया चराको गीत’ चल्तापुर्जा कविताको थुप्रोभन्दा अग्लो उचाइ लिएर उभिन पुगेको छ । कसैले स्थापित गरेको कविताको łफम्र्याटलाई पछ्याएर कुनै कविको अलग पहिचान निर्माण हुने हैन, न त हाम्रो काव्यसमृद्धि नै हुन्छ । फरक पहिचानको खोजिले फरक कामकै माग गर्दछ । आफ्नै शैली र शिल्पको आव्हान गर्दछ । कविता लेखनमा चन्द्र त्यही फरक कुरा लिएर आएका छन् । थाहा छैन, उनका कविताले कतिलाई छुन्छ, कतिलाई छुँदैन तर केही फरक स्वाद, केही फरक र» र केही फरक पहिचान बोकेर काव्यआकासमा उडान भर्न निस्किसक्यो, łथिबिया चराको गीत ।

कविताको सन्दर्भमा प्रसिद्ध भारतीय कवि केदारनाथ सिंहले एकपल्ट गम्भीर कुरा गरे । उनले एउटा कविता गोष्ठीमा ‘सरल देखिन कवितालाई सरल बनाउन नहुने’ धारणा राखे । उनले भनेका थिए, ‘सरल कविताका नाममा प्राणहीन शब्दहरुको थुप्रो नलगाऊ ।’ यही सन्दर्भमा फ्रेन्च प्रखर कवि एभेज बोनफोयको प्रतिकात्मक भनाइ छ । उनले पेरिसमा धेरैवर्ष पहिले भएको एउटा कवि सम्मेलनमा भनेका थिए, ‘कविताको भाषा र सौन्दर्यलाई अनावश्यक शब्दहरुले किचेर भद्या कविता लेख्नु दुर्घटनाजस्तै हो ।’ हामी यी दुवै कथनको संश्लेषणबाट अबका कविता कस्ता र कसरी लेख्ने भन्ने आवश्यकताको पहिचान गर्न सक्छौं । पछिल्लो समयमा नेपाली कविताको मूलबाटोमा त्यही आवश्यकता पूरा गर्न केही प्रतिभासाली कविहरु निस्किएका छन् । कवि चन्द्र रानोहोंछा त्यहीँकतै छन् ।
चन्द्रका कवितामा विषयवस्तुको विविधता छ । उनका कविताका पहेँलीहरु फरकÐफरक छन् । देशप्रेम, प्रकृतिप्रेम, मानवता असल कविहरुको साझा विशेषता हो । त्यही नै कविहरुको पुँजी पनि हो । यो प्रवृत्ति चन्द्र र उनका कवितामा पनि पाइन्छ । यस्तोखाले साझापनका साथ उनी आम कविको भिडमा एकपाइला अघि सरेका छन् । उनको अलग काव्यशिखरको आरोहण निकै रमाइलो छ । मुद्धाका हिसाबले हेर्दा उनका कविताहरु आवाजविहिनहरुको आवाज बनेर आएका छन् । अधिकांश कविताहरु लामो समयदेखि राज्य व्यवस्थाद्वारा आर्थिक, सामाजिक, राजनीतिक रुपले दबाइएका उत्पीडित वर्गको न्यायको पक्षमा मुखरित छन् । वास्तवमा कुनै विभेदपूर्ण राज्यमा भुइँबाट कुनै कविले बोल्ने र लेख्ने कविताको भाषा यही नै ।
Cover_Thibiya Charako Gitचन्द्र रानोहोंछाका कवितामा पाइने सबैभन्दा सुन्दर पक्ष हो- भाषाको प्रयोग र त्यसको शसक्तता । उनका कवितामा भाषाको जति सुन्दर प्रयोग भएको छ, अभिव्यक्ति त्यतिकै प्रभावपूर्ण छ । जब शब्दहरु उनका कवितामा पुग्छन्, तिनीहरु अनायास चतुर हुन थाल्छन् । तिनीहरुले अलि बढी अर्थ दिन थाल्छन्, रहस्य छाड्न थाल्छन्, वास्तवमा चन्द्रका कविताको असली शक्ति यही हो । पूरानै कविता लेखन र पठनमा रमाइरहेकाहरुले चन्द्रका कविता मिल्काउँछन्, च्पाप्दैनन् । तर हाम्रो कवितामा वैकल्पिक शक्ति र सौन्दर्य पर्खिरहेकाहरुले उनका कवितालाई बडो जतनले सम्हाल्छन् । असल पाठकका निम्ति उनका कविता विकल्प हुन् । लाग्छ, पाठकहरुले त्यो विकल्पको प्रशस्तै लाभ उठाउँछन् र एकपटक कविताको स्वाद फेर्छन् ।
कसले छाडेको होला
आँसु पुछेको यो रुमाल
हेर्न चाहान्छु म फुकाएर
ए चप्लेटी ढु»्गा ’
तिमीमाथि बिसाएर भर्खरै
भीरतिर गएको छायाँ कसको हो ?
(छायाँ)
असल कविताले समाजमा छोपिएर रहेका कुराहरुलाई दृश्यमा ल्याउँछ भन्ने उदाहरण हुन्, चन्द्रका कविता । यी कविताहरु पढ्दै गर्दा यो महसुस भइरहन्छ । कविले आफ्ना कवितामा स्थानीकताप्रतिको सम्बोधनलाई विशेष जोड दिएका छन् । भूगोल र जनजीवनअनुसारको भाषा र शैलीलाई बडो लोभ लाग्नेगरी कवितामा उनिएको छ । कवितामा पाइने आञ्चलिक प्रतीक, त्यहीअनुसारको स»्गीत र लयको प्रयोग लोभलाग्दोमात्रै छैन, आवश्यकीय पनि छ । किराँत सौन्दर्य र त्यसका मिथकहरु उनका कवितामा सुन्दर ढ»्गले आएका छन् । कुनै समुदायविशेष लवज, रहनसहन र सँस्कृतिलाई जोड दिँदा कविलाई यदाकदा एकपक्षीय बनेको आरोप पनि लाग्ला । तर उनले नियोजित रुपमा त्यसो नगरी आम कविधर्म पूरा गरेका छन् । कविमाथि त्यस्तो आरोप सिर्जना गर्दै गर्दा हामीले हाम्रो विभेदपूर्ण सामाजिक संरचना, त्यसको निरन्तरता र असरलाई बिर्सनु हुँदैन ।
कवितामा महसुस गर्नुमात्रै पर्याप्त मानिँदैन । महसुस गर्दा गर्दै सोच्न पनि आवश्यक हुन्छ । विचारका पक्षलाई समय-संवेदनाको अनिवार्य शर्तको रुपमा लिइन्छ नै । कविको काव्यिक कौशलताको पनि यही ठाउँमा परिक्षण हुन्छ । विचारशीलता कवि मनको प्रमुख आधार हो । यी पक्षबाट हेर्दा चन्द्रका कविता धेरै हदसम्म पूर्ण छन् । यिनका कवितामा वर्तमानप्रति आलोचनात्मक दृष्टिकोण, भविष्यप्रतिको गहिरो चिन्ता, समाजको पुर्नसंरचना, सबैखाले उत्पीडनको अन्त्य गरी समाजलाई नयाँ ढ»्गबाट निर्माण गर्नुपर्ने आवश्यकतालाई कवितामार्फत् औंल्याइएको छ । कवितामा भावनामात्रै पोखिंन्न, विचार मूख्य हुन्छ । यौटा प्रतिभासाली कविले कवितामा कसरी दृष्टिकोण निर्माण गर्छ, त्यसको प्रस्तुती र व्यवस्थापनमा कतिको विवेक लगाउँछ, कलाको लय कसरी निर्माण गर्छ र कविताको भाषाÐसौन्दर्यलाई बचाउँछ भन्ने कुरा कुनै क्षमतावान् कविलाई छाम्ने आधार हुन् । यहाँ चन्द्रले त्यसका लागि गरेको मेहनत पर्याप्त नभए पनि सन्तोषजनक छ ।
होसियार रहनू !
तिम्रो देशभित्र
मेरो कविता छ
जुन कविताभित्र छ आगो ….।
(आगोको चोमोलु»्मा)
चन्द्रका कविताको अलग स्वभाव छ । उनी कवितामार्फत् सहज र शालिन विद्रोह बोल्छन् । यथास्थितीसँग उनी पनि अरुजस्तै असन्तुष्ट नै छन् । उनीसँग पनि छन्, यावत् विमतिहरु । कति ठाउँमा त उनी वर्तमानसँमात्रै असन्तुष्टि पोख्दैनन्, आफैँविरुद्ध पनि उनको व्यापक असन्तुष्टि छ । तर त्यो असन्तुष्टि पोख्न उनी चर्को बोल्दैनन् । कवितामा अराजकता प्रस्तुत गर्दैनन् । त्यस्तो असन्तुष्टि र विरोध मौन र हार्दिकताका साथ उठ्छ । तर कवितामा त्यसको प्रभाव चाहीँ गहिरो र स्थायी हुन्छ । यौटा असल कविताका निम्ति यो ठूलो पुँजी हो । चन्द्र स्वयंलाई भने łथिबिया चराको गीतभित्रका कविताहरु ‘केÐके न हुन्’ भन्ने लागेको छैन । र, łती केही पनि होइनन् भन्ने पनि लागेको छैन । बरु, उनी थुप्रै चुनौतिमाझ पेश भएका छन् । कविताको जिम्मेवारीले उनलाई लखेट्न सुरु गरिसकेको छ ।
‘थिबिया चराको गीत’ भित्र केही कविताहरु कृतिमा संख्या बढाउनकै लागि राखिएझैँ देखिन्छन् । फलतः कृतिको अनुहारमा केही धब्बाजस्तो पक्कै देखिएको छ । बाँकी कविताहरु औसत छन् । केही कवितामा यथार्थको सूक्ष्म भेदन, त्यसको कलात्मक अभिव्यक्तिमा तीब्र काव्यिक चेतको अभाव खड्किन्छ । गहिरो अध्ययन र नियमित साधनाको बलमा यस्ता कमजोरीलाई कम गर्न सकिन्छ । यौटा असल कविका निम्ति यो नियमित प्रक्रिया हो ।

कृति: थिबिया चराको गीत
लेखकः चन्द्र रानाहोंछा
प्रकाशकः प्रतिभा प्रकाशन, बेलायत
मूल्य रु: २००/-
***

@ ‘नेपाल’ साप्ताहिक, २०७१ कार्तिक २ ।
http://www.ekantipur.com/nepal/article/?id=7562

You can leave a response, or trackback from your own site.

One Response to “छुट्टै काव्यवाटिका”

  1. Ruman says:

    हुलाक सेवा को अन्त्य हाम्रो जस्तो देशमा मात्र भएको हो । जहाँ हुलाक बाँकि रह्यो न प्रबिधि नै बिकास भएको छ । अन्य बिकाशसिल देशमा मानिसहरु, बिक्रेताहरु, सरकारि कार्यालय हरु, बिमा, हरेक क्षेत्रमा हुलाककै माध्यम प्रयोग हुन्छ । अहिले पनि बर्ष दिनमा अमेरिकामा लगभग करोडौं को संख्यामा पेपर मेल डेरिभर हुन्छ ।
    बिकासको लागि हुलाक र बाटो नै सबै भन्दा अगाडि आउँछ ।

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;