यावत् नासोहरु

जिन्दगीको आधी बाटोमा
छोडेर जाने मायालु !
जीवनको कुनै छेउमा
फेरि भेट भयो भने हाम्रो
तिमीलाई दिन बाँकी
केही कुरा छन्– मसँग ।
……………………..


देउरालीमा पाती चढाएर
कहिल्यै नछुट्टिने गरेका बाचा
रगतले लेखी पठाएका प्रेमपत्रहरु
हमसफर भएर हिँडेका बाटाहरु
र, तिमीले नै सजाएको
जिन्दगीको यौटा आर्ट ग्यालरी !
यी सप्पै दिनु छ तिमीलाई
ताकि, फेरि तिमीलाई सम्झिन
केही बाँकी नरहोस्– मसँग ।

Poem-Sketchतिम्रो अनुपस्थितीमा मैले
कति प्रेमपत्रहरु लेखेथें !
चोरेर– गुराँसको रङ
निचोरेर आफ्नै कलेजीको मसी
कुँदेर प्रेमकै भाषा
र, बडो जतनले पाठएथें तिमीलाई
अफसोच !
नभेटेर तिम्रो ठेगाना
वर्षौंपछि मैकहाँ आइपुगे ती
अब कुनै दिन भेट भयो भने हाम्रो
तिमीलाई दिन बाँकी
मसँग छन्– ती नै प्रेमपत्रहरु !

हृदयको भित्तामा झुण्डिएको छ–
यौटा पूरानो फ्रेम
जहाँ सजिएको छ– तिम्रो तस्बिर !
र, त्यहीँनेर छ–
वर्षौं लगाएर कोरेको तिम्रो नाम !

कुनै दिन भेट भयो भने हाम्रो
तिमीलाई दिन बाँकी
केही कुरा छन्– मसँग ।
<><>

You can leave a response, or trackback from your own site.

7 Responses to “यावत् नासोहरु”

  1. Niraj Bhattarai says:

    beautiful poetry……..

  2. Divya Katuwal says:

    beautiful love-poetry !

  3. Subash Subba says:

    samalochak kabiko sundar prem kavita …… go ahead Prabin !

  4. Taplejung Diary says:

    हृदयको भित्तामा झुण्डिएको छ–
    यौटा पूरानो फ्रेम
    जहाँ सजिएको छ– तिम्रो तस्बिर !
    र, त्यहीँनेर छ–
    वर्षौं लगाएर कोरेको तिम्रो नाम !

    A beautiful poem !

  5. Shreeom Thapa says:

    mitho love story kavita baneko 6…

  6. Siksha Parajuli says:

    तिम्रो अनुपस्थितीमा मैले
    कति प्रेमपत्रहरु लेखेथें !
    चोरेर– गुराँसको रङ
    निचोरेर आफ्नै कलेजीको मसी
    कुँदेर प्रेमकै भाषा
    र, बडो जतनले पाठएथें तिमीलाई
    अफसोच !
    नभेटेर तिम्रो ठेगाना
    वर्षौंपछि मैकहाँ आइपुगे ती
    अब कुनै दिन भेट भयो भने हाम्रो
    तिमीलाई दिन बाँकी
    मसँग छन्– ती नै प्रेमपत्रहरु !

    nikai sundar love-poetry Prabin Baniya sir,,, nikai aananda liye maaile ta,,, go ahead hai…do well.

  7. Ramesh Chintak says:

    waooooooooooooooo ! mitho love poem !

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;