संघर्षको डायरी

डा.लेखनाथ काफ्लेले झमक घिमिरेलाई प्रेमले सम्बोधन गर्दै एक आलेखमार्फत् लेखे, Ôझमक हाम्री मात्रै होइनन्, उनी संसारकी छोरी हुन् ।Õ पछि झमकको कृति ÔसमयÐविम्बÕ (डायरी) कृतिको भूमिकामा काफ्लेले फेरि लेखे, Ôझमकजस्ती संघर्षशील र कर्मशील छोरी पाउनु यो देशको भाग्य हो, हाम्रो भाग्य हो ।Õ
देशमा जतिजति कवि, लेखकहरु उभिँदै जान्छन्, देश त्यति नै सभ्य र समृद्ध हुँदै गएको देखिन्छ । देशमा जतिजति असल सिर्जनाका सिँढीहरु थपिँदै जान्छन्, देश त्यति नै सुन्दर हुँदै गएको देखिन्छ । वास्तवमा कुनै देश कति सुन्दर छ भन्ने कुरा त्यस देशको भाषा, साहित्य र कलाÐसंस्कृतिको घेरा कति फराकिलो छ भन्ने कुराले पनि गर्दोरहेछ । जब झमकजस्ती कर्मठ स्रष्टाहरुले असंख्य अप्ठेराहरुका बीचमा पनि समाजमा सुन्दर जीवन बाँच्ने क्षमता राख्छन्, त्यो बेला यो देशले पनि फरक सौन्दर्य प्राप्त गर्दोरहेछ ।

झमकलाई पनि लाग्दोरहेछ, Ôजसरी सम्भावना नभएको देश हुँदैन, त्यसरी नै कुनै न कुनै क्षमता नभएको मान्छे हुँदैन ।Õ कान्तिपुर दैनिकमा झमकले चलाउने Ôआफ्नै परिवेशÕ स्तम्भ अन्र्तगतको एक लेखमा उनले लेखिकी छिन्, Ôसबै मान्छे क्षमतावान् छन् । सक्षम छन् । तर, जीवनलाई गतिहीन राख्ने कि गतिशील बनाउने भन्ने कुरा व्यक्तिको सोचमा भर पर्छ ।Õ यस्तो फराकिलो सोच राख्ने झमकले जीवन र जगत्लाई निराशाको साँघुरो झ्यालबाट कहिल्यै हेरिनन् । बरु, अँध्यारो बीचमा पनि जीवनलाई उज्यालोको दियो नै ठानिन् । शारिरिक रुपमा अपांग हुनु भनेको जीवनमा ठूलो बाधा तेर्सिनु हो भन्नेजस्तो हीनताबोधले उनलाई कहिल्यै डामेन । न त उनलाई कहिल्यै आफू कमजोर छु भन्ने कुराले नै चिमोट्यो ।
जीवनमा सधैँ आसाको सञ्चार गर्ने झमकको सकारात्मक सोचको बत्ति निभ्न नपाई आजसम्म बलिरहेको छ । आफ्ना लागिभन्दा अरु र समाजको हितका लागि बढी चिन्ता गर्ने उनले आफ्नो जीवनको आँगनबाट समाजलाई हिँडाउन चाहिन् । मानवजातिको कल्याणलाई उनी पहिलो धर्म ठानिन् । बाँच्नलाई समाज नभई नहुने भएकाले पहिला त समाजलाई नै स्वस्थ र बस्नलायक बनाउनुपर्ने कुराले उनलाई सोच्न बाध्य बनाईरह्यो । त्यही क्रममा आफ्नो बलबँुताले भ्याएसम्म उनी केही फरक काम गर्न अग्रसर भईन् । उनी समाजसेवामा समर्पित भईन् । सुरुका केही दिनहरुमा कतिपयको असहयोग र नमिठो बोलीले उनको मन दुखाए पनि उनले त्यसलाई सम्पतिकै रुपमा लिईन् । र, निरन्तर ससाना कामहरुबाट भए पनि समाजलाई सुन्दर बनाउने प्रयत्नमा लागिरहिन् ।
प्रसिद्ध चिनिया दार्शनिक कन्फ्युसियस्ले भनेका थिए, ÔसानाÐसाना कामहरु राम्रोसँग गर्यो भने ठूला परिणामहरु हात पर्छन् । ठूला काम गर्ने आधार साना कारणले उत्पन्न हुन्छन् ।Õ वास्तवमा झमकको जीवनमा पनि यस्तै महसुस गर्न सकिन्छ । हामीलाई थाहा छ, समाजमा सानाÐसाना सोचेका कुरा पूरा नहुँदा कतिपय मान्छेले दुर्गतीको बाटो रोज्छन् । जीवनलाई बोझ ठानेर जिन्दगीलाई मारिदिन्छन् । त्यस्ता मानिसले यौटा कुरादेखि बाहेक अरु कुरा विकल्पमा देख्दैनन् । सायद, उनीहरुमा त्यहाँभन्दा परतिर गएर सोच्ने विवेक र क्षमता दुवै हुँदैन । त्यसरी जीवन बाँच्ने वा बाँचिरहेका मानिसका लागि झमकको एकथान जिन्दगी आफैँमा सिंगो Ôविश्वाविद्यालयÕ हुन सक्छ । दुःखलाई सुख, आँसुलाई मुस्कान र कमजोरीलाई शक्तिमा बदल्ने साथै जीवन बाँच्नका निम्ति आवश्यक पर्ने केही उर्जा मान्छेले झमकको जीवनबाट प्राप्त गर्न सक्छन् ।
Cover_Samaya-Bimbaझमकलाई चिन्ने र पढ्नेहरुलाई झमकलाई उनका कृति, फुटकर रचना तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाका नियमित स्तम्भहरुबाट पनि पढ्न सक्छन्, पाउँछन् । यद्यपी झमकलाई नजिकबाट बुझेर, छामेर नपढेका कतिपयलाई लाग्दो हो, झमक किन लेख्छिन् ? कसरी लेख्छिन् ? हो, उनी लेख्छिन् । वास्तवमा उनी यो देशको भाका लेख्छिन् । यो राष्ट्रका थुप्रै कथाहरु लेख्छिन् । र, लेख्छिन् कति मिलेका र कति नमिलेका आफ्नै जिन्दगीका कथाहरु । संघर्षका संगितहरु र हिँड्न बाँकी जीवनका अरु यात्राहरु । कारण, उनी मानिससँग कुरा गर्न चाहान्छिन् । संसारसँग समानान्तर संवाद गर्न चाहान्छिन् । आफूसँग भएका विचार र भोगाइहरु अरुसँग बाँड्न चाहन्छिन् । मन लाग्दा उनी चाहेको ठाउँमा पुग्न सक्दिनन् । व्यक्तिलाई भेट्न सक्दिनन् । त्यसैले उनी लेख्छिन् । मानिस र संसारसँग जोडिनका लागि उनीसँग लेख्नेबाहेक अरु बाटो छैन । त्यसैले उनी लेख्छिन् । लेखिरहेकी छिन् ।
लेखेर उनले जीवनमा नसोचेका थुप्रै कुराहरु पाएकी छिन् । लेखेरै उनले भौतिक सम्पतिले किन्न नसकिने र त्योसँग तुलना गर्न नसकिने शुभचिन्तकहरुको अथाह प्रेम र सद्भाव पाएकी छिन् । लेखेरै उनले जिन्दगीभरिका लागि पुग्ने उज्यालो बटुलेकी छिन् । लेखनकै शीर्षकमा रहेर जीवनमा सबैभन्दा लामा यात्राहरु गरेकी छिन् । लेखेरै जीवन बाँच्न चाहिने स्रोत, साधनहरु जुटाएकी छिन् ।
झमकले Ôजीवन काँडा कि फूलÕ शीर्षकको कृतिका लागि उनले ०६७ को देशकै सबभन्दा ठूलो भाषा साहित्यको पुरस्कार पाईन् । पद्यश्री सम्मान, उत्तम शान्ति पुरस्कारजस्ता सम्मानित पुरस्कारहरु उनलाई यही कर्मले दिलायो । उनले जीवनलाई फगतः बोझ र दुःखका असंख्य सिलसिलामात्रै ठानेकी थिईन् भने उनको जीवनमा आज यी सब कुराहरु केवल मिठा कल्पनामात्रै हुन्थे होलान् । तर, कर्मको बलमा उनले यी सबलाई सम्भव तुल्याएकी छिन् ।
जीवनदेखि भागेर बाच्नेहरुलाई उनले लेखेरै प्रश्न गरिन्Ð Ôजीवन काँडा कि फूलÕ भनेर ? जीवनलाई निराशाको सिकार बनाएर समाज र जीवनदेखि भाग्नेहरुलाई उनले काँडैकाँडाको बीचबाट पनि फूलजस्तो जिन्दगी बाँचेर देखाईन् । उनीसँग जीवनप्रति न त्यत्रो ठूला आसा छ, न खास रहरहरु छन् । न त उनलाई जीवनप्रति कहिल्यै गुनासो नै रह्यो । बरु, दुःख र समस्याहरुका माझबाट पनि जीवनलाई एकनाशको गतिमा उनले डोर्याईरहिन् । र, समाजमा उनीजस्ता अरु थुप्रैको जिन्दगीमा उर्जा र हौसला भरिदिईन् । अनि, उनले आफूजस्तै अरुलाई पनि सिकाईन्, जीवनलाई नदीजस्तै बगाउन । आजका दिनसम्म पनि झमक त्यही लयमा जीवन बाँचिरहेकी छिन् । र, अरुलाई पनि जीवन बाँच्नुपर्छ र जीवनलाई सधैँ प्रेम गर्न अभिप्रेरित गर्दै लेखिरहेकी छिन् ।
यी र यस्ता सबै कुरा उनले केही समय अघिमात्रै प्रकाशनमा आएको नयाँ कृति ÔसमयÐविम्बÕमा लेखिकी छिन् । वि.स.२०६० सालदेखि ०६१ सालसम्म आफूले लेखेका दैनिकीहरु समेटिएको पुस्तकमा उनले तात्कालिन युद्धकालिन अनुभूति, निजी भोगाइहरु र द्वन्द्वोत्तर समाजका थुप्रै कथाहरु लेखिकी छिन् । पुस्तकभित्रका केही दैनिकीहरुमार्फत् उनले आफ्नो लेखन यात्राका सुरुआती दिनहरु खास गरी धनकुटाका स्थानीय पत्रपत्रिकाहरुमा कुन अवस्थाबाट के आसाले लेख, विचारहरु लेखिन् र पछि Ôकान्तिपुरÕ दैनिकको स्तम्भसम्म आइपुग्न उनले केके प्रयत्नहरु गरिन् भन्नेसम्मका टिपोटहरु छन् । ÔसमयÐविम्बÕ सरसर्ती पढ्ने पाठकका निम्ति यो केवल झमको निजी जीवनका साँझÐबिहानका कथाहरुमात्रै हुन सक्छन् । तर, त्यो पठनमा यो समाज र यो राष्ट्रलाई पनि उभ्याएर पढ्ने पाठकका लागि भने ÔसमयÐविम्बÕ एक कालखण्डको सिंगो देशकै सग्लो र इमान्दार इतिहास हो भन्ने हुन्छ ।
झमकको डायरी पुस्तकप्रेमि खासगरी उनलाई रुचाएर पढ्ने पाठक वर्गका लागि यौटा सुन्दर र प्रिय उपहार नै हो । कृतिमा समेटिएका उनका यी दैनिकीहरुमार्फत् आम पाठकले उनका जीवनका थुप्रै दुःखÐसुखहरु र दिनचर्याहरु बुझ्न पाउँछन् । एक हिसाबले पाठकले झमकसँग संवाद गर्न पाउँछन् । सिंगो पुस्तक पढिसक्दा पाठकले उनका विचार, सोचाइ, कल्पना आदि सब थाहा पाउन सक्छन् । कतिपय अवस्थामा धर्ममा प्रगाढ आस्था राख्ने स्वभाव देखाउने र कतिपय अवस्थामा चाहिँ विद्रोही चरित्र देखाउने उनका दैनिकीहरुमा उनका विविध तस्बिरहरु पढ्न पाइन्छ ।
विभिन्न समय र परिस्थितीहरुमा उभिएर लेखिएका फरकÐफरक दैनिकीहरुमा दर्शन, साहित्य, राजनीतिदेखि लिएर व्यक्तिगत जीवनमा आइपर्ने पीडाका भयानक सन्दर्भहरुले पाठकलाई कतिपय अवस्थामा अत्यन्तै भावुक बनाउने छन् भने कतिपय अवस्थामा पाठकलाई फरक मनस्थितीमा उभ्यादिनेछन्, टिपोटहरुले । लाग्छ, ÔसमयÐविम्बÕ पढिसकेपछि समाजबाट निस्किएको मान्छे फेरि समाजमै फर्किएर आउने छ । जीवनदेखि भागेको मान्छे फेरि जीवनदेखि कहिल्यै नभाग्ने कसम खाँदै जीवनसम्म आइपुग्ने छ ।
एक वाक्यमा भन्नुर्दा ÔसमयÐविम्बÕ झमक घिमिरको एक कालखण्डको जीवनको सग्लो तस्बिर हो । त्यस समयको साँचो अभिलेखन हो । यो उनको व्यक्तिगत जीवन, सोच र भोगाइहरुको दस्तावेजीकरणमात्रै नभएर एक कालखण्डको यो देशकै कथा पनि हो । सक्कली इतिहास हो ।
***

कृति :समय विम्ब
विधा : डायरी
प्रकाशक: शब्दहार क्रियसन्स
पृष्ठ : २६२
मूल्य : ३५०/-
***

@ कान्तिपुर-कोसेली, २०७१ पुस १९ ।

http://www.ekantipur.com/kantip…/…/18/full-story/337140.html

You can leave a response, or trackback from your own site.

Leave a Reply

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;