Archive for January, 2014

जगदीश : चेतनाको एउटा क्षितिज

त्यतिबेला भाषा, साहित्यको केन्द्र भनिने काठमाडौंमा दुईवटा ठूला साहित्य उत्सव सकिँदै थिए– अन्तराष्ट्रिय नेपाली संघगोष्ठी र एनसेल लिट्रेचर फेस्टिभल । जसले काठमाडौंलाई पुनः एकपटक ज्ञान र चेतनाको केन्द्र बनायो । देशलाई चेतनाको उज्यालो बाँड्यो । तर, समयको त्यही छेउमा नेपाली साहित्यको एउटा उज्यालो झिपिक्कै निभेर गयो ।

अहिले मिडियाहरु राजीतिका खबर वरिपरि घुमिरहेका छन्, हुन्छन् । यो समयमा अरु खबरहरुले फराकिलो स्पेस लिइरहेका छैनन्, लिँदैनन् । यस्तो बेलामा केही समयअघि गायक फत्तेमान राजभण्डारीको प्रिय निधनले अरु धेरै कुरालाई छोटै समय भए पनि पाखो लगायो । र, सञ्चारमाध्यमहरुभरि उनै फत्तेमानका कालजयी स्वरहरु गुञ्जिरहे । काठमाण्डूमा फेरि एकपटक त्यस्तै दृश्य दोहोरियो ।

Read more »

कवि, कविता र हेमप्रभास

धेरै अघिदेखि पुष्प अधिकारी ‘अञ्जली’ले मलाई चितवन बोलाइरहनु भएको थियो । तर, मेलो मिलिरहेको थिएन । यसपटक मिल्यो । ‘हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चिनवन’ले ०७० पुस १३ गतेका लागि युवाकवि हेमप्रभासको ‘एकल कविता वाचन’का निम्ति मञ्च प्रदान गर्ने भयो । म सुदूरपूर्वको अन्तिम जिल्ला ताप्लेजुङबाट काठमाडौं नामको खाल्डोमा पुगेका बेला वहाँले फेरि हार्दिकताका साथ निम्ता गर्नु भयो । यस पटकको संयोग खेर नफाली म चितवन जाने भएँ ।

म कुनै गतिलो कवि होइन । तैपनि, बेलाबेला कविता लेख्न रहर गर्छु । बरु, गजल लेखिन्छ । निबन्ध लेखिन्छ । ‘अखबारी लेखन’मै बढी समय बित्छ । तर, म कविताको असल पाठक चाहीँ हुँ । लेखनको मुलबाटो ‘अखबारी’ भए पनि कवितामाथि टीकाटीप्पणी गर्दै आएकै पनि हुँ । त्यसकारण कविताप्रति मलाई असाध्यै आकर्षण र प्रेम थियो, छ । त्यसमा पनि कवि हेमप्रभास मेरा एक सहृदयी (लेखकीय सम्बन्ध) मित्र र मलाई मनपर्ने कवि दुवै हुन् । यी नै कुराले मलाई यसपटक चितवनको साहित्यिक डबलीमा औपचारिक रुपमै पु¥यायो ।

Read more »

धनकुटेका डायस्पोरिक गजल

हिजोसम्म काठमाण्डौं भाषा, साहित्यका लागि केन्द्र मानिन्थ्यो । काठमाण्डौँमा बसेर लेख्नेहरु राष्ट्रिय भैहाल्थे । काठमाण्डौँबाहिर बसेर लेख्ने मोफसल हुन्थे । आज त्यही अवस्था छैन । सिर्जना र हस्तक्षेपका हिसाबले मोफसल दिनहुँ समृद्ध र सम्पन्न बन्दैछ । बरु, काठमाण्डौँ नयाँ मोफलस बन्दैछ आज । केही तथ्य र आधारहरुले मोफसललाई यसको दाबेदार बनाउँदैछ । हिजोको केन्द्रमा बसेर लेख्नेहरु आज नयाँ मोफलसका लेखकको कित्तामा पुग्दैछन् । मोफसलबाट जन्मेका कवि, लेखकहरु आज साहित्यको अग्रभागमा छन् । ‘पश्चिममा घाम अस्ताउन मात्रै आउँछ’ भन्ने पश्चिम आज आफूलाई साहित्यको राजधानी दावी गर्दैछ । सधैँ सिमानाबाट मालसामान ओसार–पसार गर्ने र भन्सार असुल्ने काँकरभिट्टाले आज साहित्य उत्सव मनाउन थालेको छ । उसले अब भाषाका कुरा गर्नेछ । किताबका कुरा गर्नेछ । कला, संस्कृतिका कुरा पनि गर्नेछ । यो समयको स्वभाविक विकासक्रम हो । प्रगति हो । अरु उज्यालोको संकेत हो ।

Read more »

मलाई मात्रै ‘था छ…

मलाई मात्रै ‘था छ पीर जिन्दगीको
चढ्न कति गाह्रो छ भिर जिन्दगीको ।

लड्दै उठ्दै हिँडियो बाटोहरु धेरै
ख्वै ! कहाँ उनिएछ झिर जिन्दगीको ।

आँसुहरुको यो नदी कैले सुक्ला र,
भेटिएला बल्ल त्यो तीर जिन्दगीको ।

Read more »

कुरुपका सुन्दर गजल

गजल विधामा करिब दुई दशकदेखि पढिँदै आएको नाम हो– सुन्दर करुप । जो मोफसल भनिने इलाममा बसेर अनवरत गजल लेखिरहेका छन् । दुई बिपरित अर्थ दिने शब्दहरुलाई जोडेर आफ्नो नाम जुराएका यी गजलकारको नामले नै जो कोहीलाई एकछिन अलमलमा पारिदिन्छ । सायदै, यसो गरेर उनले जीवनका अन्य पक्षलाई पनि पक्रिनेगरी यस्तो पृथक नाम छनौट गरेका हुन सक्छन् ।

५० र ६० को दशकमा नेपाली गजल लेखनमा असंख्य अनुहारहरु देखिए । जो मात्रात्मक हिसाबले बढी रह्यो, गुणात्मक हिसाब अत्यन्तै न्यून । समयको गतिसँगै त्यो संख्या विस्तारै छाटिँदै गयो र गुणात्मक लेखन अगाडि आयो । लेखनको त्यो लहरमा देखिएका ती कम संख्याका सचेत, सबल र जिम्मेवार गजल स्रष्टाहरुको पुस्ताले आज नेपाली गजलको मूल धारको नेतृत्व गरिरहेको छ । त्यही पुस्ताका एकजना अब्बल गजलकार हुन्– सुन्दर कुरुप । जसको पहिलो कृतिका रुपमा ‘जूनको अनुहार’ गजलसंग्रह हालसालै प्रकाशनमा आएको छ ।

Read more »

< सन्दर्भ : शहीद सप्ताह > शहीदको सम्मान कि अपमान ?

नेपालमा सहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ सम्म ‘शहीद दिवस’ मनाउने प्रचलन छ । यो ७ दिनको समयलाई ‘शहीद सप्ताह’ पनि भनिन्छ । अर्थात्, देशमा अहिले ‘शहीद सप्ताह’ जारी छ । शहीद– देश र जनताको कल्याणका लागि स्वेच्छाले हाँसी–हाँसी जीवन उत्सर्ग गर्ने पात्र हुन्, जो बलिदान, बलिदान र आदर्शका नाममा सधैँ पुजिन्छन् । शहीदकै बलिदानबाट नेपालमा १ सय ४ वर्षीय कठोर राणा, ३० वर्षे निर्दलीय पञ्चायत शासन र राजतन्त्रको अन्त्य भयो । देश र जनताका निम्ति धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरच चन्द र गंगालाल श्रेष्ठजस्ता वीर सन्तानहरुले वि.सं. १९९७ मा ज्यानको आहूति दिएका थिए ।

यो राष्ट्रका ती उज्यला चार नक्षत्रलाई पालैपालो सूली चढाउने काम तात्कालिन शासक जुद्धशमशेरले गरे । ती नै जुद्धशमशेरको बडेमानको शालिक आज पनि काठमाडौंको नयाँ सडकको चौबाटोमा खडा छ । त्यही शालिकको पश्चिमतर्फको सडकको नाम शहीद धर्मभक्त माथेमाको नामबाट ‘धर्मपथ’ राखिएको छ । त्यस्ता वीर सन्तानलाई गोली ठोकेर मार्ने निरंकुश शासकको शालिकचाहिँ खुला सडकको माझमा छ, तर त्यही निरंकुश शासन व्यवस्थालाई खत्तम पार्ने वीर योद्धाको शालिकचाहिँ सिफलको एक कुनामा ठड्याइएको छ ।

Read more »

देश खोजिहिँड्ने कविताहरु

पुष्प अधिकारी ‘अञ्जली’ मोफसलका एक उचाइ हुन् । सिधा हिसाबले हेर्दा उनी एक व्यक्ति हुन् । कर्मका हिसाबले संस्था हुन् । भाषा, कला र साहित्यको केन्द्र भनिने काठमाण्डौंको छिमेकमा बसेर धेरै काम गर्छन् उनी । निजी जीवनसँग लय मिलाउँदै साहित्य साधना गर्छन् । साहित्यिक पत्रकारिता गर्छन् । आफ्नै नेतृत्वमा ‘हाम्रो मझेरी साहित्यि प्रतिष्ठान’ नामको संस्थालाई दशकौँदेखि हाँक्दै आइरहेका छन् । अरु थुप्रै संसथाहरुमा सक्रिय सहभागिता छ उनको । दर्जनौं  साहित्यिक ग्रन्थहरु सम्पादन गरेका छन् उनले । साहित्यिक पत्रिका/बुलेटिनहरु छाप्न सकिरहेकै छन् । काठमाण्डौंलाई चितवनमा भेला पारेर बेलाबेला भव्य साहित्यिक समारोहहरु पनि चलाउने सामथ्र्य जुटाएकै छन् । बर्षमा एक/दुई वटा आफ्ना साहित्यिक कृतिहरु पनि प्रकाशन गरेकै छन् उनले ।

Read more »

पच्चीस वर्षपछि कवितामा ‘कम्–ब्याक’

२० औं शताब्दीका विश्वविख्यात अमेरिकन कवि टिएस् इलियटले कविताको एक सन्र्दभमा भनेका थिए– ‘एउटा महान कविको कविता पढ्नु, एउटा महान सङ्गीतकारको सङ्गीत सुन्नु अनि एउटा महान चित्रकारको चित्र हेर्नु जीवनको सर्वोच्च  सफलता हो ।’

माथिको भनाइबाटै कविताको शक्ति थाहा हुन्छ । कविताको गाम्भीर्यता थाहा हुन्छ । अनि, कविको आवश्यकताको पनि बोध हुन्छ । संसारमा कवि हुनु र नहुनु बीचको अन्तर महसुस गर्न पनि सकिन्छ । अतः संसारका सबै झुटहरु बीचमा कवि मर्न र हराउन सक्दैन । मरे पनि संसारले कविलाई लुकाउन सक्दैन । कवि मरे पनि उसको कविताले उसलाई मार्न सक्दैन । बरु, कवि हराउन सक्छ, यात्रामा । छुट्टिन पनि सक्छ । तर, उसका कविताले कविलाई हरबखत खोजिरहन्छ । कविको साथ मागिरहन्छ । कविबिना कविता जन्मन सक्दैन । त्यसैगरी, कविताबिना कवि उभिन सक्दैन, यो सामान्य सत्य हो ।

Read more »

जनमुखी सरकार गठनको आवश्यकता

हामीलाई थाहा छ– हिजो चुनावअघि उम्मेदवारहरु जनताको घरदैलोमा गएर भोट माग्दा एक थान संविधान दिने मात्रै कुरा गरेका छैनन् । त्योभन्दा बढी जनतालाई विकासे सुविधा दिने बाचा गरेका छन् । जनतालाई पर्याप्त विकाससँग जोड्ने प्रतिवद्धता गरेका छन् । सामान्य हिसाबले हेर्दा आम मतदाताका लागि राज्यको शासन प्रणाली, संरचना, सत्ता र शक्तिको खेल यी सबै कुरा गौण हुन्छन् । र, स्थानीय विकास, समृद्धि, राज्यको स्रोत–साधनहरुको न्यायपूर्ण वितरणजस्ता मुद्धाहरु नै प्रमुख प्राथमिकतामा पर्छन् । अतः यस पटकको चुनावमा पनि त्यही देखियो, जुन हिजो देखिन्थ्यो । यसपटक थोरै मतदाताले मात्रै संविधानको सर्तमा मतदान गरेका छन् भने बहुसंख्यक मतदाताले स्यानीय विकास निर्माणका मुद्धालाई सर्त बनाउँदै मतदान गरेका छन् । यो कुरा चुनाव जितेर जानेहरुले राम्ररी बुझेकै हुनुपर्छ ।

Read more »

मनु : उन्नत कविताका स्कूल

२०औं शताब्दीका विश्वप्रसिद्ध अमेरिकन कवि टीएस् इलियटले भनेका थिए– ‘कुनै एउटा पाठकले सडकमा भेटेको कवितालाई टिपेर अथवा पत्रिकाका पाना काटेर आफ्नो डायरीमा कविता जतन गरेर राख्छ भने इतिहासको सबैभन्दा उत्तम कविता त्यही हो ।’
आजसम्म संसारमा कविताको शक्ति मापन गर्ने यन्त्र बनेको छैन । न त सामान्य मापदण्ड नै छन् । कस्ता कवितालाई राम्रा भन्ने ? कस्तो कविलाई असल भन्ने ? केलाई कविताको शक्ति मान्ने ? राम्रा र खराब कवितालाई छुट्याउने आधारहरु के–के हुन सक्छन् ? यी प्रश्नहरु हिजो पनि थिए । आज पनि छन् । अनि भोलि पनि रहिरहने छैन् । जबसम्म कवि र कविता रहन्छन्, तबसम्म यी प्रश्नहरु पनि रहिरहन्छन् ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;