Archive for February, 2014

कविताकै भाषा लिएर

‘न्यूजविक’ले मे ४, २००४ को अंकमा एज्ररा पाउण्डको ‘कविता म¥यो, यसको वास्ता कसले ग¥यो ?’ (पोयट्री इज डेडः डज एनिबडी रियल्ली केयर ?) शीर्षकको विष्फोटक लेख प्रकाशित गरेको थियो । उक्त लेखले संसारमा कविताको आत्मा मर्दै जान थालेको र कविता एक्लिँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेको थियो ।
पछिल्ला केही दशकमा नेपाली कविताले छिचोलेका आरोह–अवरोहरु हेर्ने हो भने थोरै कविताबाहेक साँचो कविताको भाषा कवितामा थिएन नै । बरु, कविताको आफ्नो भाषा धेरै आख्यानमा गयो, गीतमा गयो । अरु केहीमा गयो । तर, कविताचाहिँ अरुलाई कपडा बाँड्दा–बाँड्दा आफू नांगिएर भागेको कुनै सम्राटजस्तो भयो । अथवा, कविताले आफ्नो उज्यालो अरुलाई बाँडेर आफू धिपधिपाउँदै बलिरह्यो । यो समयमा अत्यन्तै थोरै कवितााहेक धेरै कविता, कविताका नाममा अनेकथोक भएर आए । ती कविताले असल कविताका पाठकमाथि निमर्म दमन नै गरे । भाषाको सौन्दर्य र सामथ्र्यका निम्ति कविता पढ्नै नपर्ने भयो । नेपाली कवितामा यो ठूलो नोक्सान भयो ।

Read more »

काव्य – शिविरमा हेमप्रभास

नेपाली कविताका क्षेत्रमा २०६० को दशकमा उदाएका सामथ्र्यवान् कविहरुमध्येका एकजना युवाकवि हुन्– हेमप्रभास । जो समसामयिक नेपाली काव्य–क्षितिजका उल्लेख्य विम्बकवि हुन् । ०६० को दशकमा केही त्यस्ता कविहरु उदाए, जसले मर्दै गइरहेको कविताको जीवनलाई जोगाउने काम गरे, गर्दै आइरहेका छन् । हेमप्रभास त्यही पुस्ताका एक लोभलाग्दा कवि हुन् । जो कविताको जीवन बोकेर हि“ड्छन् । एक दशकभन्दा लामो काव्य यात्राका क्रममा तीन वटा एकल र एक संयुक्त गरी ४ कृतिहरु दिइसकेका हेमप्रभास कविता लेखेरै, सुनाएरै आधा दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साहित्यिक पुरस्कारद्वारा पुरस्कृति भइसकेका छन् ।
उनै हेमप्रभासको नया“ कवितासंग्रह ‘सहर पसेको मान्छे’ हालसालै प्रकाशनमा आएको छ, पा“चौं कृतिका रुपमा । यसअघि ‘पहाड बोकेर पहाडतिर (२०६६)’ शीर्षकको कवितासंग्रह उनको काव्यिक यात्राको एउटा महत्वपूर्ण कोसेढुंगोको रुपमा रह्यो । दुई बर्षपछि अर्थात्, २०६८ मा त्यही पुस्तकको दोस्रो संस्करण पनि प्रकाशित भयो । ठिक दुई बर्षपछि प्रस्तुत कृति दिएका हेमप्रभासको लगत्तै नवीनतम् कविताहरुको अर्काे कृति आउ“दैछ, यो खुसीकै कुरो हो । अतः हेमप्रभास निरन्तर कवितायात्रामै छन् । काव्य–शिविरमै छन् ।

Read more »

जनमुखी सरकारको आवश्यकता

हामीलाई थाहा छ– हिजो चुनावअघि उम्मेदवारहरु जनताको घरदैलोमा गएर भोट माग्दा एक थान संविधान दिने मात्रै कुरा गरेका छैनन् । त्योभन्दा बढी जनतालाई विकासे सुविधा दिने बाचा गरेका छन् । जनतालाई पर्याप्त विकाससँग जोड्ने प्रतिवद्धता गरेका छन् । सामान्य हिसाबले हेर्दा आम मतदाताका लागि राज्यको शासन प्रणाली, संरचना, सत्ता र शक्तिको खेल यी सबै कुरा गौण हुन्छन् । र, स्थानीय विकास, समृद्धि, राज्यको स्रोत–साधनहरुको न्यायपूर्ण वितरणजस्ता मुद्धाहरु नै महत्वपूर्ण हुन्छन् । अतः यस पटकको चुनावमा पनि त्यही देखियो, जुन हिजो देखिन्थ्यो । यसपटक थोरै मतदाताले मात्रै संविधानको सर्तमा मतदान गरेका छन् भने बहुसंख्यक मतदाताले स्यानीय विकास निर्माणका मुद्धालाई सर्त बनाउँदै मतदान गरेका छन् । यो कुरा जितेर जानेहरुले राम्ररी बुझेकै हुनुपर्छ ।

Read more »

भानु जयन्तीको सन्दर्भ

x

झापा-काँकरभिट्टामा सम्पन्न ‘भानु जयन्ती विशेष कार्यक्रम’को एक झल्को । (२०७०)

सिर्जनाका कुरा….

b

रेडियो ताप्लेजुङको स्थानीय सामुदायिक एफ.एम. ‘रेडियो ताप्लेजुङ’को साहित्यिक कार्यक्रममा ४ वर्ष पहिले अन्तरवार्ता गर्दै ।

जनगायकका कुरा …

j

प्रलेस-ताप्लेजुङ शाखाले आयोजना गरेको भेटघाट कार्यक्रम । प्रसिद्ध जनकलाकार जेबी टुहुरे (बोल्दै) । क्रमशः म र मित्र मणि सुब्बा । (२०६६)

सम्झना तस्बिरमा

२०६६ साल । ‘पाथीभरा बहुमुखी क्याम्पस’को एक कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै ।

बालुवामा फूल रोपेर…

dd

केही वर्षअघि ताप्लेजुङ गजल मञ्चले आयोजना गरेको एक गजल कार्यक्रमका क्रममा …. बालुवामा फूल रोपेर कार्यक्रमको सामूहिक उद्घाटन गर्दै । (फोटो : रबिन भट्टराई)

यौटै प्रश्न ….

यौटै प्रश्न अक्सर सोध्नेहरु छन्,
किन भइस् पत्थर ? सोध्नेहरु छन् ।

छोडेर साथ यहाँ आधी बाटोमै,
जिन्दगीको सफर सोध्नेहरु छन् ।

……………………………

Read more »

दोस्रो संविधानसभाका अप्ठेराहरु

पहिलो ऐतिहासिक संविधानसभाको वैधानिक कार्यकाल दुई वर्षको थियो । अर्थात्, दुई वर्षभित्रमा संविधान जारी गरिसक्नुपर्ने जनादेश संविधानसभासँग थियो । तर, वैधानिक समयमा संविधानसभाले आफ्नो कार्यभार पूरा गर्न नसक्दा पटक–पटक गरी चार पटक समय थपियो । चारै वटा सरकार फेरिए । तैपनि, परिणाम सुखद् निस्किएन । जनप्रतिनिधीहरुको सर्वोच्च संस्था संविधानसभाबाटै संविधान जारी गर्ने ऐतिहासिक अवसरलाई हाम्रो राजनीतिक नेतृत्वले उपयोग गर्न सकेनन् । अन्ततः बिजोगपूर्ण अवस्थाबाट संविधानसभाको विघटन भयो । कारण, शान्ति र संविधानको कार्यभार कोही, कसैको पनि प्राथमिकतामा परेन । मूल नेतृत्व सत्तास्वर्गमै अल्मलियो । जनताको महान बलिदान र संघर्षबाट आर्जेको संविधानसभालाई राजनीतिक नेतृत्वले पैसा, शक्ति र सत्तासँग साट्यो । हिजोको यस्तो दृष्टान्त आज हाम्रा सामु छ ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;