Archive for May, 2014

शरणार्थी जीवनचित्र

आज कवि–लेखकलाई बजारसत्ताले छपक्कै छोपिसकेको छ । धुरन्धर थुप्रै लेखकहरु पुँजीवादको बाहुपासमा बाँधिन पाएर मख्ख छन् । तर, वाई.एन.चौलागाँई शरणार्थी मानिसहरुका कथाका माझबाट हिँडिआएका छन् । उनी लेखनमा विल्कुल नयाँ हुन् । साहित्यको बजारसत्तासँग उनी जानकार पनि छैनन् । न त साहित्यसँग उनको अर्थपूर्ण सङ्गत नै छ । तैपनि, उनले आख्यानबाटै साहित्यमा हाम फाल्ने साहस गरेका छन् । ‘साक्षी’ वाई.एन. चौलागाँईको पहिलो कृतिका रुपमा भर्खरै प्रकाशनमा आएको छ ।  लेखनमा उनको यो पहिलो हस्ताक्षर हो ।
चौलागाँई झापाको एक दैनिक पत्रिकामा नियमित स्तम्भ लेख्छन् । यसबाहेक उनको लेखनमा दोस्रो चिनारी थिएन । नेपाली साहित्यसँग उनको सङ्गतै भएन पहिले । लेखक, पुस्तकको बजासत्ताबाट अलग्गै रहेका व्यक्ति हुन् उनी । पेशाले एक सफल व्यापारी । जीवनको २८ बर्षको समय उनले भुटानमा बिताए । त्यहाँ रहँदा आफू बसेको जिल्लाको वाणिज्य संघको जिम्मेवार तहमा बसेर काम गर्ने अवसर पाए उनले । नगर विकासको समितिमा मत्वपूर्ण पदको जिम्मवारी पनि सम्हाले । सामाजिक कार्यमा पनि आफूलाई सहभागी गराए । पछि बहुदल पुर्नबहाली भएसँगै उनी नेपाल भित्रिए । नेपाल आउँदा उनी एक सफल व्यावसायीका व्यक्तिका रुपमा आए । त्यसबेलासम्म उनी आफ्नै निजी जीवनसँग मात्रै सिमित थिए ।

Read more »

न्यायका पक्षमा कविता

यामबहादुर भुवाँजी अर्थात्, सङ्गीतश्रोता । युवासुलभ जोस र क्रान्तिकारी उर्जाका साथ समाज र देश बदल्न जनयुद्धको वैचारिक अंश बोकेर हिँडेको एउटा जुझारु युवा हुन् ! जो रेडियो÷एफएम पुस्ताका कवि हुन् । पत्रकार हुन् । उनको नामलाई हेर्दा सङ्गीतप्रतिको आकर्षण झल्किन्छ । सायदै सङ्गीतप्रतिको अथाह प्रेम र सङ्गतले उनलाई यो नाम जुटाइदियो । झट्ट सुन्दा र पढ्दा पनि भिन्दै लाग्ने नाम रोजे उनले– सङ्गीतश्रोता ।
नेपाली साहित्यको समय अहिले आख्यानमय बनेको छ । साहित्य र पुस्तक बजारमा आख्यानात्मक कृतिहरुले गतिलोगरी प्रभाव जमाइरहेका छन् । सबैतिर आख्यानकै हाईहाई छ । र, अन्य विधाको स्पेस खुम्चिँदै गइरहेकोजस्तो देखिन्छ । तैपनि, कविताहरु लेखिँदैछन् । राम्रा कविहरु छाइरहेकै छन् । राम्रा कविताहरु खोजी–खोजी पढिँदैछन पनि । यो कवि र कविताप्रतिको विश्वास हो । यही विश्वासको लहरमा उभिएका छन् युवापुस्ताका रम्रा  कवि, सङ्गीतश्रोता ।

Read more »

भारतमा मोदीको उदय र नेपाल सन्दर्भ

दक्षिणी छिमेकी मुलुक भारतमा भर्खरै लोकसभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले चामत्कारि रुपमा बहुमत प्राप्त गर्दा कांग्रेसले इतिहासकै सर्वनाक हार व्यहारेको छ । अहिलेको चुनावी परिणाम र अंकगणितलाई हेर्ने हो भने सन् २००९ मा सम्पन्न आम निर्वाचनमा भाजपाले प्राप्त गरेको १ सय १६ सिटलाई बढाएर २ सय ८२ सिटमा पु¥याउन सफल भएको छ ।  सरकार गठन गर्न आवश्यक न्यूनतम सिट संख्या २ सय ७२ भन्दा १० सिट बढी ल्याएर एक्लौटी सरकार बनाउन सक्ने अवस्थामा भाजपा पुगेको छ । अहिलेको चुनावी परिणामसँग आएको महत्वपूर्ण कुरा के हो भने  सन् १९८४ पछि भारतमा कुनै पनि एक दलले बहुमत प्राप्त गरेको यो पहिलोपटक हो ।  त्यति मात्रै होइन, भाजपाले नेतृत्व गरेको ‘नेशनल डेमोक्रेटिक अलायन्स’ (एनडीए) गठबन्धनले ३ सय ३६ सिटमा शानदार विजय पायो ।

Read more »

सरकारको चेहरामा ग्रहण

हिजो जनयुद्ध र त्यसपछिको जनआन्दोलनले नेपाली जनतामा परिवर्तनप्रतिको तीव्र आकंक्षा जागृत गरिदियो । त्यसपछिका केही खास राजनीतिक आन्दोलन र परिवर्तनहरुले उस्तै आसाको संचार गरे । देशमा संविधानसभाको निर्वाचन हुनु, गणतन्त्र स्थापना हुनु, सदियौंदेखि उपेक्षामा परेका वर्ग तथा समुदायहरुले राज्यको मूलधारमा प्रवेश पाउनु, दलित, जनजातिहरुले खास अधिकार प्राप्त गर्नु, मुलुक संघीयताको ढाँचामा अघि बढ्नु आदि आम जनताको संघर्ष र बलिदानका उपज थिए । संविधानसभाबाटै जनमुखी संविधान निर्माण गर्ने गरी संविधानसभाको चुनाव हुनु अर्को ऐतिहासिक परिवतर्नको मोड थियो । तर, पहिलो संविधानसभा संविधानै निर्माण नगरी विघटन भैदियो । त्यसपछि मुलुक अहिले दोस्रो संविधानसभाको प्रक्रियामा छ । यद्यपी, आम जनतामा हिजोका परिवतर्नप्रतिका आकंक्षाहरु उस्तै छन्  । समाज परिवर्तन चाहान्छ । जनता व्यवस्थामात्रै हैन अवस्था पनि फेरिएको हेर्न चाहान्छन् । सिधा हिसाबमा भन्ने हो भने यो समयमा आम जनता दीर्घकालिन शान्तिको स्थापना, जनमुखी संविधान र मुलुकको समग्र समृद्धि र विकास चाहान्छन्  । तर, यी सब कुराको नेतृत्व गर्ने सरकार र संविधानसभा अहिले चरम निराशाको सिकार बन्दै गइरहेको छ ।

Read more »

नानीहरु र देश

अध्याय एक–

नानीहरु–
झोलाभरि सुकिला अक्षरहरु बोकेर
सुदूर गाउँको पाठशाला धाइरेछन्
र, पढिरहेछन्– यो देशका उन्नत सपनाहरु ।

नानीहरु–
चेतनाले नबुझेरै पनि
कलिला आँखाहरु हेर्न थालेदेखि
यही देशको नक्सा हेरिरहेछन्
आवाज बोल्न थालेदेखि
यही देशको गीत गाइरहेछन्
र, कलिला खुट्टाहरु हिँड्न थालेदेखि
यही देश हिँडिरहेछन् ।

साँच्चै !
नानीहरुलाई यो देश सुहाउँछ कि सुहाउँदैन ?

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;