Archive for November, 2014

कवितामा समयको पदचाप

पूर्वाञ्चल क्षेत्रबाट दुई दशक अघिदेखि पढिँदै आएको नाम हो, धनकुटे कान्छा । जो त्यहाँदेखि यहाँसम्म आइपुग्दा पनि निरन्तर रचनाकर्ममा समर्पित छन् । पूर्वतिर एक निष्ठावान् स्रष्टाको रुपमा यिनको परिचय स्थापित छ । कुनैबेला जीवनको मेसो मिलाउने क्रममा उनी देशको भूगोल नाघेर गए, झोलामा श्रमिकको भिसा लागेको पासपोर्ट बोकेर । तैपनि, यिनी साधनाबाट विचलित भएनन् । यौटा बटुवालाई उसको छायाँले लखेटेजस्तो उनलाई कविताले लखेटिरह्यो, जहाँ पुगे पनि । अरबमा पसिनाको खहरे बगाउँदै गर्दा पनि उनी कविताबाट अलग्गिएर एकैछिन परतिर बसेनन् । आफ्नो काव्यिक हृदय र लेखनकर्मले सुम्पिदिएको सामाजिक भूमिका पूरा गर्न यिनी तदारुक रहिरहे ।
यो शताब्दीका प्रसिद्ध भारतीय कवि निदा फाजलीले कविताका सन्दर्भमा भनेका छन्, Ôकुनै कविता पढ्नुभन्दा पहिले कविलाई पढ्नु आवश्यक हुन्छ ।Õ कविता पठनको सन्दर्भमा यो भनाइ निकै संगतपूर्ण लाग्छ । वास्तवमा कविलाई नबुझी कविता बुझिँदैन । बुझे पनि त्यो पूर्ण हुन सक्दैन । कविलाई बुझ्नु भनेको कवितासँगको उसको संगत बुझ्नु हो । आमकविको जिन्दगीसँग कविता कसरी भिजेको हुन्छ भनेर बुझ्नु पनि हो । अनि, उन्नत कविताका निम्ति एउटा कविले केÐके कुराहरु त्यागेको हुन्छ र उसको निजी जिन्दगीका रंहरुसँग कविता कसरी बाँचेको हुन्छ भनेर थाहा पाउनु पनि हो ।

Read more »

कविताको अर्को घुम्ति

आस्था कोपिला, जो पूर्वकी एक शक्तिसाली काव्यिक हस्ताक्षर हुन् । मोफसलमै बसेर लामो समयदेखि कविता लेख्दै आइरहेकी उनी कवितामा समभावना बोकेकी कविमा पर्छिन् । मोफसलमै बसेर आफ्नो लेखकीय क्षमताका बलमा भाषा, साहित्यको केन्द्र भनिने काठमाडौंमाथि हस्तक्षेप बढाइरहेकी यी कविको आगमन निकै रमाइलो छ ।
फुटकर रुपमा कविता लेखेर लगभग आधा दशकको समय गुजारिसकेकी आस्था कविताका क्षेत्रमा आफ्नो स्पष्ट पहिचान बनाउने क्रममा छिन् । भोजपुरजस्तो ग्रामीण भेगमा बसेर लेखिएका कविताका बलले केन्द्रमा स्पष्ट उपस्थिती देखाउन निकै मेहनत र पसिना चाहिन्छ । अतः कोपिला राम्रा कविता लेख्न सक्छिन् भन्ने कुराको साक्ष्य हो, उनको पहिलो कवितासंग्रह ‘एउटा यायावरको पदचिह्न’ । संरचनाका हिसाबले लामा–छोटा ४३ थान कविता कृतिभित्र समेटिएका छन् । संख्याका हिसाबले धेरै कविता राम्रा छन् । केही औसत कविता छन् ।

Read more »

पूर्वका प्रतिनिधि कविता

पूर्वको साहित्यिक माटोमा एउटा उर्जाशील नाम हो– इन्द्रसुर बेल्टारे । उनी सिर्जनामा लागेका एक निष्ठावान् र कर्मठ स्रष्टा त हुँदै हुन्, यसदेखि बाहेक भाषा, साहित्यको उत्थान तथा विकासमा संस्थागत रुपमा जुटेका एक कर्ता पनि हुन् । बेल्टारे लामो समयदेखि मोफसल भनिने भोजपुरमा रहेर साधनामा क्रियाशील छन् । उनका खण्डकाव्य, कविता र गजल गरी दुई एकल र चार संयुक्त कृतिहरु प्रकाशित छन् । २०६२ सालदेखि उनकै सम्पादनमा ‘परिचय’ साहित्यिक पत्रिका पनि प्रकाशन हुँदै आइरहेको छ । उनकै नेतृत्वमा ‘परिचय साहित्य कला प्रतिष्ठान’ आफ्ना गतिविधिहरु गरिरहेको छ । कर्मका हिसाबले हेर्दा दुई दशकदेखि पूर्वको साहित्यिक पत्रकारिताको क्षेत्रमा क्रियाशील छन्, इन्द्रसुर बेल्टारे ।
पछिल्लो चोटी उनैको सम्पादनमा ‘पूर्वका कविता’ शीर्षकको संकलित कवितासंग्रह प्रकाशित भएको छ, ‘परिचय साहित्य कला प्रतिष्ठान’मार्फत् । कृतिमा पूर्वका १ सय ७ जना कविहरुका फुटकर कविताहरु समेटिएको छ । प्रत्येक कविका एक–एक वटा कविता समेटिएका छन् । सिधा हिसाबमा हेर्दा प्रस्तुत कृति पूर्वका प्रतिनिधी कविहरुको सामूहिक संग्रह हो । अर्कातर्फ, यो कृति स्थानीय÷क्षेत्रीय तहबाट आएको पूर्वको वर्तमान भाषा, साहित्यको खास गरी कविता विधाको एउटा सग्लो कर्म हो पनि हो । यसको अर्थ र महत्व यही ठाउँमा छ ।

Read more »

क्रिकेटले बाँडेको खुसी

विश्व खेलकुदको इतिहास हेर्दा क्रिकेटले लामै यात्रा पार गरिसकेको छ । १६ औं शताब्दीमा पहिलोपल्ट क्रिकेट  खेलको सुरुआत भएको थियो– इङ्ल्याण्डमा । विस्तारै यो खेलको जरा बेलायततिर पनि स¥यो । खासगरी बेलायतीहरुले त्यतिबेला आफ्ना उपनिवेश राष्ट्रहरुमा प्रवेश गराएको पाइन्छ । लामै सयमसम्म यो खेल आन्तरिक रुपमै सिमित रह्यो । यौटा देशलाई अर्को देशसँग जोड्ने माध्यम बन्न करिब दुई शताब्दी नै लाग्यो, क्रिकेटलाई । सन् १८४४ देखि एक देशले अर्को देशसँग क्रिकेटलाई प्रतियोगिताकै रुपमा खेल्न थाले । ‘लौरोले बललाई हान्नुपर्ने’ यस्तो खेल सिक्न खास गरी भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इन्डिजजस्ता देशलाई धेरै समय नै लागेन । ती नै देशहरुबाट फैलिएको क्रिकेट आज विश्व खेलकुदकै दोस्रो लोकप्रिय खेल बन्न पुगेको छ ।
आज नेपालमा पनि क्रिकेट खेल फुटबलपछिको दोस्रो लोकप्रिय खेल बनेको छ । क्रिकेटप्रतिको क्रेज झन्झन् उकालो चढिरहेको छ ।  छोटै सयममा यति अग्लो उचाइ बनाएको नेपाली क्रिकेटको इतिहास र विकास यात्रा पनि लामै छ । खास गरी तात्कालीन राणकालमा बेलायात र भारतबाट ओहोर–दोहोर गर्ने संभ्रान्तहरु अथवा शासक वर्गकाले यो खेललाई नेपालमा पहिल्यै भित्र्याएको पाइन्छ ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;