समीक्षा

कवितामा समयको पदचाप

By on November 24, 2014

पूर्वाञ्चल क्षेत्रबाट दुई दशक अघिदेखि पढिँदै आएको नाम हो, धनकुटे कान्छा । जो त्यहाँदेखि यहाँसम्म आइपुग्दा पनि निरन्तर रचनाकर्ममा समर्पित छन् । पूर्वतिर एक निष्ठावान् स्रष्टाको रुपमा यिनको परिचय स्थापित छ । कुनैबेला जीवनको मेसो मिलाउने क्रममा उनी देशको भूगोल नाघेर गए, झोलामा श्रमिकको भिसा लागेको पासपोर्ट बोकेर । तैपनि, यिनी साधनाबाट विचलित भएनन् । यौटा बटुवालाई उसको छायाँले लखेटेजस्तो उनलाई कविताले लखेटिरह्यो, जहाँ पुगे पनि । अरबमा पसिनाको खहरे बगाउँदै गर्दा पनि उनी कविताबाट अलग्गिएर एकैछिन परतिर बसेनन् । आफ्नो काव्यिक हृदय र लेखनकर्मले सुम्पिदिएको सामाजिक भूमिका पूरा गर्न यिनी तदारुक रहिरहे ।
यो शताब्दीका प्रसिद्ध भारतीय कवि निदा फाजलीले कविताका सन्दर्भमा भनेका छन्, Ôकुनै कविता पढ्नुभन्दा पहिले कविलाई पढ्नु आवश्यक हुन्छ ।Õ कविता पठनको सन्दर्भमा यो भनाइ निकै संगतपूर्ण लाग्छ । वास्तवमा कविलाई नबुझी कविता बुझिँदैन । बुझे पनि त्यो पूर्ण हुन सक्दैन । कविलाई बुझ्नु भनेको कवितासँगको उसको संगत बुझ्नु हो । आमकविको जिन्दगीसँग कविता कसरी भिजेको हुन्छ भनेर बुझ्नु पनि हो । अनि, उन्नत कविताका निम्ति एउटा कविले केÐके कुराहरु त्यागेको हुन्छ र उसको निजी जिन्दगीका रंहरुसँग कविता कसरी बाँचेको हुन्छ भनेर थाहा पाउनु पनि हो ।

कवि धनकुटे कान्छा पचासकै दशकमा उदाएका युवा कवि हुन् । कविता लेखनका हिसाबले साठ्ठीकै दशकमै स्थापित भइसक्नुपर्ने यी कविले पहिल्यै राम्रो कविताकृति दिन सक्थे । तर, उनले त्यसका निम्ति जाँगर देखाएनन्, अथवा समय उनका पक्षमा भैदिएन । लेखनको लामो यात्रा छिचोल्दै गर्दा उनको पहिलो कविताकृति चौंथो कृतिका रुपमा भर्खरै प्रकाशनमा आएको छÐ łइतिहास निफनेरÕ । यसअघि उनका विभिन्न विधामा गरी तीन कृति प्रकाशित भइसकेका छन् । लामाÐछोटा गरी जम्मा २८ थान कविता समेटिएको प्रस्तुत कृतिभित्र धनकुटे कान्छाका धेरै पूराना कविताहरु छन् ।
यौटा कविले आफ्ना कवितामा के लेख्छ र कसरी लेख्छ भन्ने कुरा त्यो कवि कस्तो समाजमा बसेको छ, र ऊ बाँचेको समय कस्तो छ भन्ने कुराले निर्धारणा गर्ने कुरा हो । हरेक कविले कविता लेख्दा आफू बाँचेको समय लेख्ने हो । आफ्नो युगलाई सम्बोधन गर्ने हो । कारण, त्यो कवि त्यस समयको खास उपार्जन पनि हो । अतः कवि धनकुटे कान्छा आफ्ना कवितामा आफ्नो समय लेख्ने कवि हुन् । यौटा कवि हुनुको मानेमा समाजप्रतिको भूमिका पूरा गर्न उनी हरबखत तत्पर छन् । यौटा कवि जीवनको सिलसिला जोड्ने क्रममा जहाँ पुगे पनि उसले त्यो राष्ट्रका दुःखÐसुख अनभूत गरिरहन्छ, त्यो राष्ट्रका सपनाÐविपना बिर्सदैन, त्यहाँका आम मान्छेको जिन्दगी र त्यहाँको माटोको सुगन्ध बिर्सन सक्दैन । यो कुरा कवि धनकुटे कान्छाका कवितामा पनि महसुस भइरहन्छ, कविताहरु पढ्दै जाँदा ।
कृतिभित्र Ôइतिहास निफनेरÕ शीर्षकको यौटा कविता छ । त्यही कविताको शीर्षकलाई उद्धरण गरेर उनले कृतिको नाम राखेका छन् । कृतिको शीर्षक रहेको उक्त कविता कृतिभित्रका राम्रा कविताहरु मध्येको यौटा कविता हो । कविताहरु सर्सती पढ्दा धनकुटेका कविताहरु मीठा लाग्छन्, मन छुने । ग्रामीण परिवेश बोकेका केही कविताहरु निकै सुन्दर लाग्छन्, हृदयको भाषाले कुँदिएका । धेरैजासो उनका कविताहरु आक्रामक शैलीका छन्, विरुद्धमा बोलेको आवाजस्तो लाग्ने । केही कविताहरुमा कवि उत्तिकै शालिनताका साथ प्रस्तुत भएका छन्, मौन कम्पनसहित । पढ्दा शान्त लाग्ने त्यस्ता कविताहरु शक्ति र सामथ्र्यका हिसाबले चाहिँ अब्बल छन् । काव्यिक चेतना र विचार निर्माणको पक्ष भने व्या»्ग्यात्मक कविताहरुमा सबल देखिन्छ ।
Cover-Itihas Nifaneraधनकुटेका कविताहरुमा बारम्बार भेटिइरहने कुरा होÐÐसमयको ध्वनी । समयको त्यो ध्वनीमा उनले हिजो आफू बाँच्न अरुलाई मारेर आएकाहरुको कुरुप इतिहासको अभिलेख राख्ने काममात्रै गरेका छैनन्, कविताकै झ्यालबाट वर्तमानलाई पढेर सुकिलो स्केच पनि बनाएका छन् । त्यसो त आँखाले नापेर कवितामै सदूर भविष्यको नक्सा खिच्न उत्सुक देखिन्छन् उनी । सामान्यभन्दा सामान्य विषयलाई समातेर पनि कविले पठनीय कविता जन्माउन सकेका छन् । विम्ब र मिथकहरुको घना प्रयोग नगरी कविले कवितालाई सरल र गम्भीर बनाउन गरेको मेहनत पर्याप्त नभए पनि कवि पाठकलाई दमन गर्ने पक्षमा छैनन् ।
कुनै कविले समय लेख्दा समयप्रति सचेत रहन जरुरी हुन्छ । समयसँगै उसको लेखन र अभिव्यक्तिको तौरतरिकाहरु पनि बद्लिन आवश्यक हुन्छ । हामीकहाँ अझै पनि थुप्रै कविहरु कवितामा प्रयोग र सिद्धान्तका बासी कुरा लेखिरहेका छन् । तिनीहरु अझै पनि कवितामा नबुझिने कुरा लेख्नैमा रमाइरहेका छन् । यस्तो अवस्थाका माझ नयाँ विचार र शैली लिएर आएका कविहरुले मात्रै त्यो परम्परलाई क्रमभ»्ग गर्न सक्दछन् । त्यही प्रयासको बलमा कविताप्रतिको आकर्षण र गुमेको विश्वासलाई फर्काउन सक्दछन् । अहिले हामीकहाँ त्यो बाटोबाट केही कविहरु हिँडिरहेका छन् । फलतः नेपाली कविताले नयाँ र मौलिक कमाण्ड ग्रहण गर्न खोजिरहेछ । युवा कवि धनकुटे कान्छा पनि त्यही बाटोबाट हिँड्न रहर गर्ने कवि हुन् । यद्यपी, उनको रहर मजबुत बनिसकेको छैन ।
प्रस्तुत कृतिमा लामाÐछोटा दुवैखाले कविता समाविष्ट छन् । छोटा कविताहरुमा कविको अभिव्यक्ति आकर्षक, प्रभावपूर्ण र छरितो छ । लामा कविताहरु भद्या र जटिल लाग्छन् । छोटा कवितामा कविले भन्न खोजेको कुरा पाठकले कविता पढिसक्दा बुझिहाल्छन्, तर लामा कवितामा कविले के भन्न खोजेका हन् भनेर निचोडमा पुग्न गाह्रो हुन्छ, समय लाग्छ । अर्थात्, लामा कवितामा कविको प्रस्तुती अलमलपूर्ण छ । अर्को कुरा, धनकुटेका यी कविताहरु पूरानो Ôफम्र्याटÕका कविता हुन् । अहिले नेपाली कविताको कोरियोग्राफी बद्लिसकेको सन्दर्भमा कविताका धुरन्धर पाठकहरुलाई उनका कविता पूरानाजस्ता लाग्छन् । उनका कवितामा नेपाली कविताले अहिले खोजिरहेको नयाँपनको अभाव चाहिँ खड्किन्छ ।

विधा : कविता

कवि : धनकुटे कान्छा

प्रकाशक : याम्बुरी बुक प्वाइन्ट

मूल्य रु. : १३०/-

***

@ ‘नेपाल’ साप्ताहिक, २०७१ मंसिर १४ ।


TAGS
RELATED POSTS

LEAVE A COMMENT

प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • १ सय ३६ चराचुरुंगीको आवाज दुरुस्त निकाल्ने एक कविको कला र सिर्जनाको फरक पाटो । कवि जो चरा कराउँछ https://t.co/7GTtST10Wx

    Tweeted on 12:40 AM Sep 21

  • यहाँ- 'सधैं खुसी रहनू' भनेर शुभकामना दिनेको अभाव छैन, अभाव त अप्ठ्यारोमा साथ दिने मान्छेको छ !

    Tweeted on 09:55 AM Sep 12

  • अब देशमा बनाउन बाँकी समाचारको शीर्षक– प्रधानमन्त्रीले मन्त्रीको संख्यामा पूरा गरे अर्धशतक, टिम देउवा ऐतिहासिक जिततर्फ !

    Tweeted on 05:27 AM Sep 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27