फोटो–कथा

यस्तो थियो २०० सय वर्षअघिको नेपाल (तस्बिर–कथा)

By on September 16, 2017

काठमाडौं ऐतिहासिक र नेपालको सबैभन्दा पूरानो सहर मानिन्छ । मध्यकालीन समयमा यसलाई ‘कान्तिपुर’ पनि भनिन्थ्यो । इतिहासविद्हरू हालको मालीगाउँमा भेटिएको इस्वी संम्वत १८५ को मूर्तिलाई यसको सबैभन्दा पूरानो र बलियो प्रमाण ठान्छन् । काठमाडौं कस्तो थियो र कसरी बस्ती बस्यो अनि त्यहाँ पहिले क–कसले शासन गरे भन्ने कुरामा विभिन्न मत पाइन्छ ।

इतिहासअनुसार काठमाडौं उपत्यका धेरै वर्षपहिले एउटा ठूलो पोखरीका रूपमा थियो, जसलाई नागदह भनिन्थ्यो । पछि यो पोखरीमा अलौकिक शक्ति रहेको ठानेर मन्जु श्रीले त्यस पोखरीमा बस्ती बसाउने निधो गरे ।

तर, त्यत्रो पोखरी कसरी सुकाउने ? तब उनले जुक्ति निकाले । त्यसपछि चन्द्रह्रास खड्ग प्रहार गरेर उनले दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए । चीनबाट आएका उनले पानी निकालिसकेपछि ‘मञ्जुपतन’ नामक एक नगर स्थापना गरेको किंवन्दन्ती पनि पाइन्छ ।

पछि धर्माकार नाम गरेका एक व्यक्तिलाई त्यस बस्तीको राजा बनाई मन्जु श्री आफू चीनतर्फ नै लागेको इतिहास पाइन्छ । इतिहासअनुसार पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवी आदि वंशअन्तर्गतका राजाले विभिन्न समयमा शासन गरेको थाहा हुन्छ ।

करिब २०० सय वर्षअघि नेपाल (काठमाडौं) कस्तो थियो त ? यहाँ केही ऐतिहासिक र दुर्लभ तस्बिर राखिएको छ । यी सबै तस्बिर इन्टरनेटबाट राखिएका हुन् ।

तस्बिर १– सन् १९४५ मा पध्म शम्शेर !
तस्बिर २– काठमाडौंका पुराना घर ।
तस्बिर ३– वि.सं. १९७२ को नेपालको विद्युत् प्राधिकरण कार्यालय ।
तस्बिर ४– तात्कालीन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबारभित्र कुराकानी गर्दै !
तस्बिर–५– सन् १९२४ को जुद्द सडक ।

TAGS
प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27

  • दिवंगत कवि छोराको सम्झनामा ३५ वर्षदेखि निःशुल्क पुस्तकालय चलाएर बसेका एक 'अनपढ लाहुरे बाबु'को कथा ! My new piece @… https://t.co/mG8eDl355r

    Tweeted on 06:09 AM Mar 25

  • विराटनगरका तन्नेरी नाट्यकर्मीबारे #कान्तिपुर दैनिकको 'हेलो शुक्रबार' मा फिचर ! https://t.co/Kw1D3m4nhq

    Tweeted on 07:04 AM Feb 24

  • कवि दीपा राई पुनसँग उनको कविताकर्म र कविताका विषयमा गरिएको संक्षिप्त वार्ता @ शुक्रबार (साप्ताहिक) ।… https://t.co/BpirX2wzeo

    Tweeted on 06:13 PM Jan 21

  • एउटा मूर्तिकार जो निजी खर्चमा विश्वप्रसिद्ध व्यक्तिहरूको हजार मूर्ति बनाएर राष्ट्रलाई 'उपहार' दिन चाहन्छ ! My new… https://t.co/x1eu33bRMr

    Tweeted on 11:56 PM Nov 25