गजल

न त वार बनाउँछ, न त पार बनाउँछ

By on September 20, 2017

-प्रवीण बानियाँ

 

न त वार बनाउँछ, न त पार बनाउँछ
जिन्दगीले कत्ति मझधार बनाउँछ !

बुद्धहरू सोच्दा हुन्, गान्धिहरू सोच्दा हुन्
किन मान्छे अझै हतियार बनाउँछ ?

लाग्दैन‘थ्यो मलाई उसले भोलि यहाँ
यति नालायक सरकार बनाउँछ ।

कसले भन्छ ऊ सुरक्षित त भनेर ?
जो सुरक्षाको अग्लो दिवार बनाउँछ ।

यो त्यस्तो देश हो– जहाँको सरकार
स्कुल नबनाई पहिला कारागार बनाउँछ ।
***

TAGS
RELATED POSTS
प्रवीण बानियाँ

प्रवीण बानियाँ व्यावसायिक पत्रकार हुन् । मूलधारका पत्रिकामा डेस्क सम्पादक भएर काम गरिसकेका उनी खोजमूलक समाचार, बायोग्राफी, फिचर र साहित्य लेखन तथा सम्पादनमा समेत दखल राख्छन् ।

सामाजिक सन्जाल
प्रवीणको फेसबुकमा जोडिनुहोस्
प्रवीणलाई ट्वीटरमा पछ्याउनुहोस्
प्रवीणका ट्वीटहरू
  • बाबुराम ब्रो पनि हेर्दाहेर्दै (अफिसियल रूपमा) 'एमाले' भए । एक वर्ष नयाँ शक्तिका नाममा व्यर्थै खेर फाले !

    Tweeted on 10:02 PM Oct 11

  • कसम ! विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले 'उखान' सुनाएरै आधा ज्यान सुकाइदिन्थे !

    Tweeted on 02:12 AM Sep 09

  • दृश्य–१: परदेश जाँदा आमाबाबुले छोरालाई मुटुभरिको आशीर्वचन दिएथे ! दृश्य–२: छोराले वर्षौंपछि परदेशबाट गाउँमा वृद्धाश्रम खोल्न अनुदान पठायो !

    Tweeted on 07:07 AM Sep 08

  • टाढाबाट हेर्दा देखिने 'सुन्दरता' हो । नजिकैबाट हेर्‍यो भने अक्सर 'खराबी' देखिन्छ ।

    Tweeted on 10:46 PM Jul 27

  • दिवंगत कवि छोराको सम्झनामा ३५ वर्षदेखि निःशुल्क पुस्तकालय चलाएर बसेका एक 'अनपढ लाहुरे बाबु'को कथा ! My new piece @… https://t.co/mG8eDl355r

    Tweeted on 06:09 AM Mar 25

  • विराटनगरका तन्नेरी नाट्यकर्मीबारे #कान्तिपुर दैनिकको 'हेलो शुक्रबार' मा फिचर ! https://t.co/Kw1D3m4nhq

    Tweeted on 07:04 AM Feb 24