Archive for the ‘निबन्ध’ Category

कवि, कविता र देश

विश्वप्रसिद्ध कवि शेक्सपियरले एकपल्ट कविताको सन्दर्भमा भनेका थिए– ‘एउटा महान कवि एउटा महान चित्रकार पनि हो, जसले हरबखत देश पेन्टिङ गर्छ ।’
मलाई लागिरहन्छ– कवि संसारको सबैभन्दा सुन्दर मान्छे हो, कविताहरु संसारका सबैभन्दा सुन्दर वस्तुहरु हुन् । अनि यस्तो पनि लाग्छ– कविता मान्छेको स्रोत हो । जीवन सिक्नेहरु कविताबाटै सिक्छन् । युग चिन्नेहरु पनि कवितामा आउँछन् । सत्यलाई हेर्नेहरु पनि कवितासम्म आईपुग्छन् एक पटक । इतिहास जसरी लेखिए पनि इतिहासले एक पटक कविता हेर्छ । उसले एक पटक कविलाई पनि हेर्छ । र, सलाम गर्छ । मान्छेहरुले जीवन जसरी भोगे पनि एकचोटी कवितामा आउ“छन् । यदि कोही जीवनमा एकपल्ट पनि कवितासम्म आइनपुगी मर्छ भने त्यो एउटा दुर्भाग्य हुन्छ ।
सिधा हिसाबमा हेर्दा कविता अभिव्यक्तिको एउटा माध्यममात्रै हो । कवितालाई कुनै पनि सार्वभौम परिभाषामा बाँध्न र राख्न सकिँदैन । र, आजसम्म संसारमा कसैले पनि कविताको सर्वव्यापी परिभाषा स्थापित गराउन सकेको छैन । कवितालाई जसरी बुझे पनि हुन्छ । जसरी स्वीकारे पनि हुन्छ । यसको सौन्दर्यतालाई जसरी हेरे पनि हुन्छ । तर, हामीले कवितालाई हेर्नु आवश्यक हुन्छ । कविलाई पनि हेर्नु आवश्यक हुन्छ । म ठान्छु– कवि र कवितालाई नहेरी, नपढी जीवनको लय बुझिँदैन । जीवनको मूल्य पनि बुझिँदैन । सृष्टि र त्यसको उपार्जन पनि थाहा हुँदैन ।

Read more »

जगदीश : चेतनाको एउटा क्षितिज

त्यतिबेला भाषा, साहित्यको केन्द्र भनिने काठमाडौंमा दुईवटा ठूला साहित्य उत्सव सकिँदै थिए– अन्तराष्ट्रिय नेपाली संघगोष्ठी र एनसेल लिट्रेचर फेस्टिभल । जसले काठमाडौंलाई पुनः एकपटक ज्ञान र चेतनाको केन्द्र बनायो । देशलाई चेतनाको उज्यालो बाँड्यो । तर, समयको त्यही छेउमा नेपाली साहित्यको एउटा उज्यालो झिपिक्कै निभेर गयो ।

अहिले मिडियाहरु राजीतिका खबर वरिपरि घुमिरहेका छन्, हुन्छन् । यो समयमा अरु खबरहरुले फराकिलो स्पेस लिइरहेका छैनन्, लिँदैनन् । यस्तो बेलामा केही समयअघि गायक फत्तेमान राजभण्डारीको प्रिय निधनले अरु धेरै कुरालाई छोटै समय भए पनि पाखो लगायो । र, सञ्चारमाध्यमहरुभरि उनै फत्तेमानका कालजयी स्वरहरु गुञ्जिरहे । काठमाण्डूमा फेरि एकपटक त्यस्तै दृश्य दोहोरियो ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;