Archive for the ‘समसामयिक’ Category

क्रिकेटले बाँडेको खुसी

विश्व खेलकुदको इतिहास हेर्दा क्रिकेटले लामै यात्रा पार गरिसकेको छ । १६ औं शताब्दीमा पहिलोपल्ट क्रिकेट  खेलको सुरुआत भएको थियो– इङ्ल्याण्डमा । विस्तारै यो खेलको जरा बेलायततिर पनि स¥यो । खासगरी बेलायतीहरुले त्यतिबेला आफ्ना उपनिवेश राष्ट्रहरुमा प्रवेश गराएको पाइन्छ । लामै सयमसम्म यो खेल आन्तरिक रुपमै सिमित रह्यो । यौटा देशलाई अर्को देशसँग जोड्ने माध्यम बन्न करिब दुई शताब्दी नै लाग्यो, क्रिकेटलाई । सन् १८४४ देखि एक देशले अर्को देशसँग क्रिकेटलाई प्रतियोगिताकै रुपमा खेल्न थाले । ‘लौरोले बललाई हान्नुपर्ने’ यस्तो खेल सिक्न खास गरी भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इन्डिजजस्ता देशलाई धेरै समय नै लागेन । ती नै देशहरुबाट फैलिएको क्रिकेट आज विश्व खेलकुदकै दोस्रो लोकप्रिय खेल बन्न पुगेको छ ।
आज नेपालमा पनि क्रिकेट खेल फुटबलपछिको दोस्रो लोकप्रिय खेल बनेको छ । क्रिकेटप्रतिको क्रेज झन्झन् उकालो चढिरहेको छ ।  छोटै सयममा यति अग्लो उचाइ बनाएको नेपाली क्रिकेटको इतिहास र विकास यात्रा पनि लामै छ । खास गरी तात्कालीन राणकालमा बेलायात र भारतबाट ओहोर–दोहोर गर्ने संभ्रान्तहरु अथवा शासक वर्गकाले यो खेललाई नेपालमा पहिल्यै भित्र्याएको पाइन्छ ।

Read more »

कहिले बन्छ ‘उपभोक्तामैत्री’ बजार ?

विश्वमा उपभोक्तासम्बन्धि हानी र कसुरका विरुद्धमा बेलायती ‘हाउस अफ लर्डस्Õमा सन् १९३२ मा पहिलोपल्ट फैसला भएको थियो । त्यही प्रयोगलाई यससम्बन्धि अवधारणाको थलानी मानिन्छ । त्यसपछि विश्वका थुप्रै देशहरुमा काननी उपचार गर्ने, गराउने धेयका साथ स्पष्ट कानुनहरु बने । आज पनि विश्वका थुप्रै देशहरुले उपभोक्ता अदालतको स्पष्ट अभ्यास गरिरहेका छन् । नेपालमा पनि अहिले हाल त्यही अवधारणा वहसमा छ । नीतिगत रुपमा त्यो अवधारणलाई सरकारले तीन वर्षअघि नै कार्यान्वयनमा ल्याउन खोजेका थियो, सकेन । वस्तु र सेवा बजारमा व्यापक अराजकता, अव्यवस्था र दण्डहीनता बढेपछि सरकारले २०५४ को उपभोक्ता संरक्षण ऐन संशोधन गर्दै ‘उपभोक्ता अदालतÕको गठन सहितको विधेयक तयारी गरेको थियो । तर आजसम्म पनि त्यसको स्पष्ट कार्यान्वयन हुन सकेको छैन, यो निकै टीठलाग्दो कुरा हो ।
तात्कालिन अवस्थामै सरकारको तदारुकता व्यवहारमा देखिएको भए आज उपभोक्ता अदालत गठनको कार्यले सार्थकता पाइसकेको हुने थियो । विडम्बना ! हामीकाँ नीतिहरु बन्छन् तर कार्यान्वयन हुँदैनन् । मूलतः मुलुकको राजनीतिक संक्रमणको नाममा सरकारले उपभोक्ता अदालत गठनको कामलाई फाएलमै सीमित राखेको छ ।

Read more »

भ्रष्टाचारको माखेसाङ्लो

विश्वमा भ्रष्टाचार विरुद्धको औपचारिक अभियानको सुरुवात संयुक्त राष्ट्रसंघीय महासन्धीलाई मानिन्छ । सन् २००५ मा लागू भएको भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धीलाई नेपालले सन् २०११, फेब्रुअरी २३ मा अनुमोदन गरेको थियो । त्यस समययता भ्रष्टाचार विरुद्धका सबै निकायहरुले भ्रष्टाचारविरुद्ध प्रतिवद्धता जनाउँदै आए पनि नेपाल ‘बढी भ्रष्टाचार हुने देश’को सूचीमा रहँदै आएको कहालीलाग्दो तथ्याङ्कले नराम्ररी गिज्याइरहेको छ । महासन्धी अनुमोदन गरेर नेपालले आफूलाई नीतिगत रुपमा भ्रष्टाचारविरुद्ध उभ्याए पनि सुशासन स्थापनामा निरन्तर चुक्दै आइरहेको छ । यहाँ महासन्धीहरु अनुमोदन गर्नु, कानुनहरु निर्माण गर्नुमात्रै ठूला कुरा होइनरहेछन् भन्ने कुरा व्यवहारमै सावित भइसकेको छ ।
तात्कालिन डा.बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा सरकारले चुलिँदो भ्रष्टाचार निवारणका लागि भन्दै ‘शासकीय सुधार तथा आर्थिक समृद्धि’को ५ बर्षे रणनीतिक कार्यक्रम लागू गरेको थियो । सरकारले बढी भ्रष्टाचार हुने भनिएका स्थानीय निकाय, स्वास्थ्य, शिक्षा, भूमि, श्रम विभागमा कडा निगरानी राख्न विशेष कार्ययोजना बनाएर लागू पनि गरेको छ ।

Read more »

हिंसासँगै बढ्दै छ चिन्ता

कुनै पनि समाज कति स्वतन्त्र छ भन्ने कुराको मापन त्यस समाजका महिलाहरु कति स्वतन्त्र छन् भन्ने कुराले पनि गर्दछ । –स्टेफन माइकसेल

हिंसाको मूल कारण
महिलाहरुमाथि हिंसा बढ्नुका विभिन्न कारणहरु छन् । हिंसाका कारणहरु रुपमा जेजे भए पनि यसका अन्तरवस्तुहरु सिमित नै छन् । मनोचिकित्सक डा.निराकरमान श्रेष्ठ ‘हाम्रै समाजिक संरचना र यसले विकास गरेको विशेष मनोविज्ञान’लाई महिलाहिंसा बढ्नुको प्रमुख कारण ठान्छन् । ‘सामन्ती समाजिक संरचनामा आधारित पितृसत्तात्मक मनोविज्ञानबाट हाम्रो नेपाली समाज हुर्केको छ, जसले हामीमा महिलालाई सधैं समाजको दोस्रो दर्जाकै रुपमा लिने मानसिकताको निर्माण गर्दै आइरहेको छ’, उनी भन्छन्– ‘आज आर्थिक, राजनीतिक र साँस्कृतिक दृष्टिले समान्तवाद निकै कमजोर भइसक्दा पनि समाजबाट यस्तो विकृत र अपराधिक मनोविज्ञान हट्न सकेको छैन ।’

Read more »

< सन्दर्भ : शहीद सप्ताह > शहीदको सम्मान कि अपमान ?

नेपालमा सहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ सम्म ‘शहीद दिवस’ मनाउने प्रचलन छ । यो ७ दिनको समयलाई ‘शहीद सप्ताह’ पनि भनिन्छ । अर्थात्, देशमा अहिले ‘शहीद सप्ताह’ जारी छ । शहीद– देश र जनताको कल्याणका लागि स्वेच्छाले हाँसी–हाँसी जीवन उत्सर्ग गर्ने पात्र हुन्, जो बलिदान, बलिदान र आदर्शका नाममा सधैँ पुजिन्छन् । शहीदकै बलिदानबाट नेपालमा १ सय ४ वर्षीय कठोर राणा, ३० वर्षे निर्दलीय पञ्चायत शासन र राजतन्त्रको अन्त्य भयो । देश र जनताका निम्ति धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरच चन्द र गंगालाल श्रेष्ठजस्ता वीर सन्तानहरुले वि.सं. १९९७ मा ज्यानको आहूति दिएका थिए ।

यो राष्ट्रका ती उज्यला चार नक्षत्रलाई पालैपालो सूली चढाउने काम तात्कालिन शासक जुद्धशमशेरले गरे । ती नै जुद्धशमशेरको बडेमानको शालिक आज पनि काठमाडौंको नयाँ सडकको चौबाटोमा खडा छ । त्यही शालिकको पश्चिमतर्फको सडकको नाम शहीद धर्मभक्त माथेमाको नामबाट ‘धर्मपथ’ राखिएको छ । त्यस्ता वीर सन्तानलाई गोली ठोकेर मार्ने निरंकुश शासकको शालिकचाहिँ खुला सडकको माझमा छ, तर त्यही निरंकुश शासन व्यवस्थालाई खत्तम पार्ने वीर योद्धाको शालिकचाहिँ सिफलको एक कुनामा ठड्याइएको छ ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;