Flock Singer LP Joshi+Me

‘रिटिङ-रिटिङ (न) बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो … ‘

वरिष्ठ लोकगायक एलपी जोशीसँग २०६८, पुस (झापा-दमक स्थित वहाँकै निबास) मा अन्र्तवार्ता गर्दै ।

x

भानु जयन्तीको सन्दर्भ

झापा-काँकरभिट्टामा सम्पन्न ‘भानु जयन्ती विशेष कार्यक्रम’को एक झल्को । (२०७०)

b

सिर्जनाका कुरा….

रेडियो ताप्लेजुङको स्थानीय सामुदायिक एफ.एम. ‘रेडियो ताप्लेजुङ’को साहित्यिक कार्यक्रममा ४ वर्ष पहिले अन्तरवार्ता गर्दै ।

j

जनगायकका कुरा …

प्रलेस-ताप्लेजुङ शाखाले आयोजना गरेको भेटघाट कार्यक्रम । प्रसिद्ध जनकलाकार जेबी टुहुरे (बोल्दै) । क्रमशः म र मित्र मणि सुब्बा । (२०६६)

सम्झना तस्बिरमा

२०६६ साल । ‘पाथीभरा बहुमुखी क्याम्पस’को एक कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै ।

 

कहिले बन्छ ‘उपभोक्तामैत्री’ बजार ?

विश्वमा उपभोक्तासम्बन्धि हानी र कसुरका विरुद्धमा बेलायती ‘हाउस अफ लर्डस्Õमा सन् १९३२ मा पहिलोपल्ट फैसला भएको थियो । त्यही प्रयोगलाई यससम्बन्धि अवधारणाको थलानी मानिन्छ । त्यसपछि विश्वका थुप्रै देशहरुमा काननी उपचार गर्ने, गराउने धेयका साथ स्पष्ट कानुनहरु बने । आज पनि विश्वका थुप्रै देशहरुले उपभोक्ता अदालतको स्पष्ट अभ्यास गरिरहेका छन् । नेपालमा पनि अहिले हाल त्यही अवधारणा वहसमा छ । नीतिगत रुपमा त्यो अवधारणलाई सरकारले तीन वर्षअघि नै कार्यान्वयनमा ल्याउन खोजेका थियो, सकेन । वस्तु र सेवा बजारमा व्यापक अराजकता, अव्यवस्था र दण्डहीनता बढेपछि सरकारले २०५४ को उपभोक्ता संरक्षण ऐन संशोधन गर्दै ‘उपभोक्ता अदालतÕको गठन सहितको विधेयक तयारी गरेको थियो । तर आजसम्म पनि त्यसको स्पष्ट कार्यान्वयन हुन सकेको छैन, यो निकै टीठलाग्दो कुरा हो ।
तात्कालिन अवस्थामै सरकारको तदारुकता व्यवहारमा देखिएको भए आज उपभोक्ता अदालत गठनको कार्यले सार्थकता पाइसकेको हुने थियो । विडम्बना ! हामीकाँ नीतिहरु बन्छन् तर कार्यान्वयन हुँदैनन् । मूलतः मुलुकको राजनीतिक संक्रमणको नाममा सरकारले उपभोक्ता अदालत गठनको कामलाई फाएलमै सीमित राखेको छ ।

Read more »

भ्रष्टाचारको माखेसाङ्लो

विश्वमा भ्रष्टाचार विरुद्धको औपचारिक अभियानको सुरुवात संयुक्त राष्ट्रसंघीय महासन्धीलाई मानिन्छ । सन् २००५ मा लागू भएको भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धीलाई नेपालले सन् २०११, फेब्रुअरी २३ मा अनुमोदन गरेको थियो । त्यस समययता भ्रष्टाचार विरुद्धका सबै निकायहरुले भ्रष्टाचारविरुद्ध प्रतिवद्धता जनाउँदै आए पनि नेपाल ‘बढी भ्रष्टाचार हुने देश’को सूचीमा रहँदै आएको कहालीलाग्दो तथ्याङ्कले नराम्ररी गिज्याइरहेको छ । महासन्धी अनुमोदन गरेर नेपालले आफूलाई नीतिगत रुपमा भ्रष्टाचारविरुद्ध उभ्याए पनि सुशासन स्थापनामा निरन्तर चुक्दै आइरहेको छ । यहाँ महासन्धीहरु अनुमोदन गर्नु, कानुनहरु निर्माण गर्नुमात्रै ठूला कुरा होइनरहेछन् भन्ने कुरा व्यवहारमै सावित भइसकेको छ ।
तात्कालिन डा.बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा सरकारले चुलिँदो भ्रष्टाचार निवारणका लागि भन्दै ‘शासकीय सुधार तथा आर्थिक समृद्धि’को ५ बर्षे रणनीतिक कार्यक्रम लागू गरेको थियो । सरकारले बढी भ्रष्टाचार हुने भनिएका स्थानीय निकाय, स्वास्थ्य, शिक्षा, भूमि, श्रम विभागमा कडा निगरानी राख्न विशेष कार्ययोजना बनाएर लागू पनि गरेको छ ।

Read more »

दसैँः केही अनुभूति

दसैं नेपालीको राष्ट्रिय पर्व हो । यो सबैभन्दा ठूलो र लामो प्रतीक्षाको पर्व पनि हो । वैदिक ग्रन्थअनुसार दसैंको सांस्कृतिक सन्दर्भ लामो छ । सामान्तयाः दसैंको ऐतिहासिक मूल्य–मान्यताको पक्षलाई हेर्ने हो भने यो भगवान् रामको कथासँग गएर जोडिन्छ । रामले रावणको वध गरेर विजय हाँसिल गरेको पृष्ठभूमिका आधारमा दसैंलाई विजयउत्सवका रुपमा मनाउन थालिएको हो । अनि, माता दुर्गाले महिषासुर नामको राक्षसको वध गरेर सम्पूर्ण मानव जातिलाई मुक्ति दिलाएको ऐतिहासिक किंवदन्तीका आधारमा पनि यो पर्वलाई शक्तिस्वरुपका रुपमा मनाउन थालिएको हो ।
खास गरी दसैं पर्वलाई विजय उत्सवका रुपमा मनाउने गरिन्छ । दसैंले शक्ति र वीरताको संकेत गर्छ । आज पनि बहुसंख्यक नेपालीले दसैंलाई ‘असत्यमाथि सत्यको जीत’का रुपमा ग्रहण गर्छन् । र, रातो टीका लगाएर हर्साेल्लासका साथ मनाउछन् । अतः यो नेपालीको पूरानो र महत्वपूर्ण पर्व हो । जुन हाम्रा पुर्खाहरुले प्राचीन कालदेखि नै मनाउँदै आए । आज हामीसम्म आइपुगेको छ । यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सन्दर्भ जेजे भए पनि दसैं करोडौं नेपालीका लागि मन जोड्ने, सद्भाव जगाउने र एकताको सूत्रमा बाँध्ने पर्वका रुपमा रहँदै आएको छ ।

Read more »

‘सहस्र थकान मेटाउन कविता लेख्छु’

चित्रकार कवि चन्द्र रानोहोंछाको कविताकृति ‘थिबिया चराको गीत’ हालसालै प्रकाशनमा आएको छ । उक्त कृतिले यस वर्षको ‘छत्र–विष्णु राई कृति पुरस्कार’ पायो, पन्ध्र हजार रुपैयाँको थैलीसहित । यही सेरोफेरोमा रहेर चन्द्र रानोहोंछासँग प्रवीण बानियाँले गरेको कुराकानी:

## बजारमा ‘थिबिया चराको गीत’ले राम्रै चर्चा पायो नि, कस्तो लागिरहेको छ ?
>> कस्तोलाई राम्रो चर्चा भन्ने ? आलोचनालाई कि प्रंशसालाई ? या सम्मान–पुरस्कारलाई ? म यसलाई चर्चाभन्दा पनि प्रतिक्रिया भन्न रुचाउँछु । यौटा इमान्दार कविका निम्ति जुनसुकै कोणबाट प्राप्त आलोचना या टिका–टिप्पणी जहिल्यै महत्वपूर्ण हुन्छन्, त्यसलाई ग्रहण गर्न र व्यवस्थापन गर्न सक्नुपर्छ । बाँकी कुरा त काम गरेपछि परिणामहरु निस्कन्छन् नै, उपस्थितीले धेरथोर स्पेस लिइहाल्छ, त्यो आम कविको हक हो ।

Read more »

‘रेमिटेन्स्’ पसिनाका रङहरु

‘तोदा’ उमा सुवेदीको पहिलो उपन्यास हो । यसै उपन्यासमार्फत् उनले आख्यान क्षेत्रमा ‘डेब्यु’ गरेकी छिन् । पहिलो पटकमै गम्भीर उपन्यास दिएर सम्भावनायुक्त आख्यानकारको सानो लहरमा आफूलाई पनि उभ्याएकि छिन् उनले । नेपाली आख्यान लेखनको आम विषयभन्दा फरक विषयवस्तु र परिवेशमार्फत् प्रस्तुत उपन्यासले नेपाली साहित्यमा नयाँ ढंगको सामाजिक यथार्थ र चेतना प्रवाह गरेको छ । सामान्य भाषाशैली, सहज प्रस्तुती र निजी विचारको संयोजनको बलमा लेखिएको ‘तोदा’मा एक प्रकारले अक्षरहरुसँग रेमिट्यान्स् जिन्दगीका विविध रङहरुलाई श्रृंगारका रुपमा पोखिएको छ । विषयवस्तुको यथार्थता र समसामयिकता हिसाबले यो पठनीय उपन्यास हो ।
हिब्रु भाषामा ‘तोदा’को अर्थ ‘धन्यवाद’ हुन्छ । यो शब्द प्रस्तुत उपन्यासमा बारम्बार दोहोरिएको छ । नेपालबाट घरेलु कामदारका रुपमा इजरायल पुगेका आम नेपाली महिलाहरुको अवस्था र जीवनका अन्य पक्षलाई समेट्दै उपन्यास पूरा हुन्छ ।

Read more »

लयमा परदेशीको नोष्टाल्जिया

देश छाडेर मजदुरको भिसा लागेको हरियो राहदानी बोकेर मुग्लान पस्ने युवाहरुको लस्कर उस्तै छ । यो लस्कर अझै लामो हुँदैछ । कोही सपनाहरुलाई अघि लगाएर पश्चिमा देशको आकासतिर उडिरहेछन्, कसैलाई  दुःखले लेखेटेर खाडी मुलुकको भूगोलसम्म लतारिरहेछ । अतः जो–जो, जहाँ–जहाँ गए पनि तीनिहरु नेपाली हुन् । उनीहरु देशको सिमाना नाघेर जाँदा उनीहरुसँगै नेपाली श्रम, पसिना र धेरथोर यो देशको भाग्य पनि उतै गइरहेको छ । कोही केही कुरा हाँसिल गरेर आउँछन्, कोही अझै दुःखहरुले थिचिएर आउँछन्, कोही जिन्दगी उतै छाडेर आउँछन्, काठको बाकसभित्र ।
यो देश र यो देशको समय बाँचेका मानिस अर्को देशमा पुग्दा यहाँको सँस्कृति–परम्परा, मूल्य–माण्यता, रहनसहन पनि जान्छ । ती कुराहरु अर्को देशको सभ्यतासँग अचानक जोडिँदा नयाँ कुरा पैदा हुन्छ । यहाँका सुख–दुःख र संघर्षका अनुभवहरुले त्यहाँ नयाँ कुराको अनुभूत गराउँदछन् । खुसी या पीडा जे भए पनि त्यो अचानक फरक परिवेशमा हाम फाल्छ र नयाँ कुरासँग मिसिन पुग्छ । यो अवस्थामा आम मानसिले सुख–दुःख, पीडा, संघर्ष सबैमा फरक कुराको बोध गर्दछ ।  त्यही आत्माबोधका कारण कविहृदयले कविता लेख्छ, गीत लेख्छ, कथा लेख्छ, आख्यान लेख्छ, अरु केही लेख्छ ।

Read more »

संघर्षको फेहरिस्त

अहिले लेखनको सहज र प्रभावकारी विधा भएको  छ– संस्मरण लेखन । लेखन र पठनका हिसाबले पनि यो विधा प्राथमिकतामा पर्दै आइरहेको छ, पछिल्लो समयमा । समाजमा कुनै न कुनै रुपमा योगदान पु¥याएका अथवा खास प्रसिद्धी हाँसिल गरेका व्यक्तिहरुले आफ्ना जीवनका दुःख, संघर्ष र सफलताका कथाहरु लेखिरहेका छन्, संस्मरणमार्फत् । तर, यस्तोखाले संस्मरण (आत्म) लेखनका कथाहरुमा विषयवस्तु र प्रस्तुतीको इमान्दारितामाथि बेलाबेला प्रश्न उठिरहन्छ । संस्मरण लेखनमा निस्केकाहरु कतिपयले जीवनमा भोग्नुपरेका दुःख, पीडाहरुका वास्तविक कथाहरुलाई छायाँमा पारिदिन्छन्, र आफ्नाबारे राम्रा र सफलताका कथामात्रै लिपिदिन्छन्, लेखनमा । संस्मरण लेखनमा अहिले यस्तो मनोविज्ञान एकप्रकारको ‘फम्र्याट’ झैँ बनिरहेको छ ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;