Flock Singer LP Joshi+Me

‘रिटिङ-रिटिङ (न) बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो … ‘

वरिष्ठ लोकगायक एलपी जोशीसँग २०६८, पुस (झापा-दमक स्थित वहाँकै निबास) मा अन्र्तवार्ता गर्दै ।

x

भानु जयन्तीको सन्दर्भ

झापा-काँकरभिट्टामा सम्पन्न ‘भानु जयन्ती विशेष कार्यक्रम’को एक झल्को । (२०७०)

b

सिर्जनाका कुरा….

रेडियो ताप्लेजुङको स्थानीय सामुदायिक एफ.एम. ‘रेडियो ताप्लेजुङ’को साहित्यिक कार्यक्रममा ४ वर्ष पहिले अन्तरवार्ता गर्दै ।

j

जनगायकका कुरा …

प्रलेस-ताप्लेजुङ शाखाले आयोजना गरेको भेटघाट कार्यक्रम । प्रसिद्ध जनकलाकार जेबी टुहुरे (बोल्दै) । क्रमशः म र मित्र मणि सुब्बा । (२०६६)

सम्झना तस्बिरमा

२०६६ साल । ‘पाथीभरा बहुमुखी क्याम्पस’को एक कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै ।

 

मोफसल–पत्रकारिता र पीडा

सामन्यतयाः मोफसल भन्नाले केन्द्रभन्दा बाहिर भन्ने बुझिन्छ । स्थानीय स्तरको यौटा परिमार्जित शब्दावाली हो–मोफसल । यसलाई जिल्लास्तर भनेर बुझियो भने बुझाईमा सहजता हुन आउँछ । त्यसो त कपियले यसलाई क्षेत्रीय स्तरसम्म पनि लिएर व्याख्या गर्छन्, बुझ्छन् । त्यसो त मोफसललाई परिभाषित गर्न अथवा किटान गर्न खास मापदण्ड छैनन्, हुँदैनन् पनि । यसलाई अझ सरलीकरण गरेर हेर्ने हो भने यो यौटा भावना हो, वैज्ञानिक तवरको भूगोल विभाजन र सिमाङ्कनबिनाको । अर्थ र बुझाईहरु जेजे भए पनि मोफसल राज्य र शासन व्यवस्थाको केन्द्रभागभन्दा बाहिरको परिवेश हो । यसलाई सोही रुपमा बुझ्नुपर्ने हुन्छ । यस सन्दर्भमा मोफसलको सन्दर्भमा रहेर रहेर यहाँको आम पत्रकारिता र पत्रकारहरुका पीडाबारे विमर्श गर्नु यस लेखको मूल उदेश्य हो ।

Read more »

कवितामा द्वन्द्वका तस्बिर

नेपाली साहित्यको पछिल्लो समयलाई हेर्ने हो भने कविता विधा लगभग एक्लिएजस्तै भयो । कविताका पाठकहरु अरु विधामा गए । तिनीहरु अहिलेसम्म फर्किन सकेका छैनन् । नेपाली कविताका पाठकहरुको त्यो पलायन हाम्रो कविताका निम्ति निकै ठूलो क्षति थियो । अर्कातर्फ, पछिल्ला केही दशकमा नेपाली कविता स्वयं सुखद् अवस्थामा रहेन । कविता एकप्रकारले आँधीमय बाटोबाट हिँड्यो । त्यो समयमा कविताको भाषा र सौन्दर्य बढी आख्यानमा गयो । अरु केहीमा गयो । मूलतः कविताको शक्ति र सामथ्र्यका निम्ति कविता पढ्नुनर्पे समय रहेन ।
राम्रा कवि र कविताको अभाव यो बीचमा महसुस हुनेगरी खड्कियो । यस्तो अभावलाई पुर्न प्रतिभासाली कविहरुले मात्रै सक्थे । तर, यो समयमा अत्यन्तै थोरैमात्रै राम्रा कविहरु आए, जसको उपस्थिती कवितामाथि गइरहेको पहिरोलाई रोक्न पार्यप्त हुन सकेन । त्यसो त उन्नत कविता लेखनमा सामथ्र्य बोकेका कति कविहरु प्रतिवद्ध भएर कवितामै लागिराख्न सकेनन् । कति अरु विधामा हाम फाले, कति कविता नलेखी बसे ।

Read more »

चाँडोभन्दा चाँडो स्ववियु चुनाव

करिब ६ वर्षपछि हुन लागेको १८ जेठको घोषित स्ववियु निर्वाचन अन्तिम समयमा आएर अनिश्चित समयका लागि स्थगित भएको छ । चुनावविरुद्ध १९ विद्यार्थी संगठनहरुले आन्दोलन तीब्र बनाएपछि त्रिविले दुई साताअघि चुनावी कार्यक्रम स्थगित ग¥यो । यसअघि २३ जेठ २०७० मा विद्यार्थी संगठनहरुको विवादका कारण त्रिविले स्ववियु चुनाव स्थगित गरेको थियो । करिब एक वर्षपछि हुन लागेको स्ववियु चुनाव आन्दोलनरत विद्यार्थी संगठनहरुले  हिंसात्मक आन्दोलन गर्न थालेपछि त्रिविले पुनः स्थगित गरेको छ । सामान्यतयाः त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा दुई–दुई वर्षमा हुने स्ववियु चुनाव ०६५ यता हुन सकेको छैन । यति लामो समयसम्म स्ववियु चुनाव हुन नसक्दा लामो समयदेखि स्ववियु संगठन र विद्यार्थी आन्दोलनका मुद्धाहरु अस्तव्यस्त छन् । शैक्षिक सुधारका मुद्धाहरु पनि जहा“का ताही“ छन् ।

Read more »

कवि, कविता र देश

विश्वप्रसिद्ध कवि शेक्सपियरले एकपल्ट कविताको सन्दर्भमा भनेका थिए– ‘एउटा महान कवि एउटा महान चित्रकार पनि हो, जसले हरबखत देश पेन्टिङ गर्छ ।’
मलाई लागिरहन्छ– कवि संसारको सबैभन्दा सुन्दर मान्छे हो, कविताहरु संसारका सबैभन्दा सुन्दर वस्तुहरु हुन् । अनि यस्तो पनि लाग्छ– कविता मान्छेको स्रोत हो । जीवन सिक्नेहरु कविताबाटै सिक्छन् । युग चिन्नेहरु पनि कवितामा आउँछन् । सत्यलाई हेर्नेहरु पनि कवितासम्म आईपुग्छन् एक पटक । इतिहास जसरी लेखिए पनि इतिहासले एक पटक कविता हेर्छ । उसले एक पटक कविलाई पनि हेर्छ । र, सलाम गर्छ । मान्छेहरुले जीवन जसरी भोगे पनि एकचोटी कवितामा आउ“छन् । यदि कोही जीवनमा एकपल्ट पनि कवितासम्म आइनपुगी मर्छ भने त्यो एउटा दुर्भाग्य हुन्छ ।
सिधा हिसाबमा हेर्दा कविता अभिव्यक्तिको एउटा माध्यममात्रै हो । कवितालाई कुनै पनि सार्वभौम परिभाषामा बाँध्न र राख्न सकिँदैन । र, आजसम्म संसारमा कसैले पनि कविताको सर्वव्यापी परिभाषा स्थापित गराउन सकेको छैन । कवितालाई जसरी बुझे पनि हुन्छ । जसरी स्वीकारे पनि हुन्छ । यसको सौन्दर्यतालाई जसरी हेरे पनि हुन्छ । तर, हामीले कवितालाई हेर्नु आवश्यक हुन्छ । कविलाई पनि हेर्नु आवश्यक हुन्छ । म ठान्छु– कवि र कवितालाई नहेरी, नपढी जीवनको लय बुझिँदैन । जीवनको मूल्य पनि बुझिँदैन । सृष्टि र त्यसको उपार्जन पनि थाहा हुँदैन ।

Read more »

मेरा किसान बा

उनी
धानको बिरुवासँगै जिन्दगी रोप्छन्
रोप्छन् हरिया सपनाहरू
पसिनाले हो कि पानीले
भिजाउँछन् पहाडी खेतको छाती !

एक दिन
त्यहीँनेर फुलाउँछन् खुसी
सुनजस्ता धानका बालाहरूमा !

Read more »

शरणार्थी जीवनचित्र

आज कवि–लेखकलाई बजारसत्ताले छपक्कै छोपिसकेको छ । धुरन्धर थुप्रै लेखकहरु पुँजीवादको बाहुपासमा बाँधिन पाएर मख्ख छन् । तर, वाई.एन.चौलागाँई शरणार्थी मानिसहरुका कथाका माझबाट हिँडिआएका छन् । उनी लेखनमा विल्कुल नयाँ हुन् । साहित्यको बजारसत्तासँग उनी जानकार पनि छैनन् । न त साहित्यसँग उनको अर्थपूर्ण सङ्गत नै छ । तैपनि, उनले आख्यानबाटै साहित्यमा हाम फाल्ने साहस गरेका छन् । ‘साक्षी’ वाई.एन. चौलागाँईको पहिलो कृतिका रुपमा भर्खरै प्रकाशनमा आएको छ ।  लेखनमा उनको यो पहिलो हस्ताक्षर हो ।
चौलागाँई झापाको एक दैनिक पत्रिकामा नियमित स्तम्भ लेख्छन् । यसबाहेक उनको लेखनमा दोस्रो चिनारी थिएन । नेपाली साहित्यसँग उनको सङ्गतै भएन पहिले । लेखक, पुस्तकको बजासत्ताबाट अलग्गै रहेका व्यक्ति हुन् उनी । पेशाले एक सफल व्यापारी । जीवनको २८ बर्षको समय उनले भुटानमा बिताए । त्यहाँ रहँदा आफू बसेको जिल्लाको वाणिज्य संघको जिम्मेवार तहमा बसेर काम गर्ने अवसर पाए उनले । नगर विकासको समितिमा मत्वपूर्ण पदको जिम्मवारी पनि सम्हाले । सामाजिक कार्यमा पनि आफूलाई सहभागी गराए । पछि बहुदल पुर्नबहाली भएसँगै उनी नेपाल भित्रिए । नेपाल आउँदा उनी एक सफल व्यावसायीका व्यक्तिका रुपमा आए । त्यसबेलासम्म उनी आफ्नै निजी जीवनसँग मात्रै सिमित थिए ।

Read more »

न्यायका पक्षमा कविता

यामबहादुर भुवाँजी अर्थात्, सङ्गीतश्रोता । युवासुलभ जोस र क्रान्तिकारी उर्जाका साथ समाज र देश बदल्न जनयुद्धको वैचारिक अंश बोकेर हिँडेको एउटा जुझारु युवा हुन् ! जो रेडियो÷एफएम पुस्ताका कवि हुन् । पत्रकार हुन् । उनको नामलाई हेर्दा सङ्गीतप्रतिको आकर्षण झल्किन्छ । सायदै सङ्गीतप्रतिको अथाह प्रेम र सङ्गतले उनलाई यो नाम जुटाइदियो । झट्ट सुन्दा र पढ्दा पनि भिन्दै लाग्ने नाम रोजे उनले– सङ्गीतश्रोता ।
नेपाली साहित्यको समय अहिले आख्यानमय बनेको छ । साहित्य र पुस्तक बजारमा आख्यानात्मक कृतिहरुले गतिलोगरी प्रभाव जमाइरहेका छन् । सबैतिर आख्यानकै हाईहाई छ । र, अन्य विधाको स्पेस खुम्चिँदै गइरहेकोजस्तो देखिन्छ । तैपनि, कविताहरु लेखिँदैछन् । राम्रा कविहरु छाइरहेकै छन् । राम्रा कविताहरु खोजी–खोजी पढिँदैछन पनि । यो कवि र कविताप्रतिको विश्वास हो । यही विश्वासको लहरमा उभिएका छन् युवापुस्ताका रम्रा  कवि, सङ्गीतश्रोता ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;