Flock Singer LP Joshi+Me

‘रिटिङ-रिटिङ (न) बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो … ‘

वरिष्ठ लोकगायक एलपी जोशीसँग २०६८, पुस (झापा-दमक स्थित वहाँकै निबास) मा अन्र्तवार्ता गर्दै ।

x

भानु जयन्तीको सन्दर्भ

झापा-काँकरभिट्टामा सम्पन्न ‘भानु जयन्ती विशेष कार्यक्रम’को एक झल्को । (२०७०)

b

सिर्जनाका कुरा….

रेडियो ताप्लेजुङको स्थानीय सामुदायिक एफ.एम. ‘रेडियो ताप्लेजुङ’को साहित्यिक कार्यक्रममा ४ वर्ष पहिले अन्तरवार्ता गर्दै ।

j

जनगायकका कुरा …

प्रलेस-ताप्लेजुङ शाखाले आयोजना गरेको भेटघाट कार्यक्रम । प्रसिद्ध जनकलाकार जेबी टुहुरे (बोल्दै) । क्रमशः म र मित्र मणि सुब्बा । (२०६६)

सम्झना तस्बिरमा

२०६६ साल । ‘पाथीभरा बहुमुखी क्याम्पस’को एक कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै ।

 

भारतमा मोदीको उदय र नेपाल सन्दर्भ

दक्षिणी छिमेकी मुलुक भारतमा भर्खरै लोकसभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले चामत्कारि रुपमा बहुमत प्राप्त गर्दा कांग्रेसले इतिहासकै सर्वनाक हार व्यहारेको छ । अहिलेको चुनावी परिणाम र अंकगणितलाई हेर्ने हो भने सन् २००९ मा सम्पन्न आम निर्वाचनमा भाजपाले प्राप्त गरेको १ सय १६ सिटलाई बढाएर २ सय ८२ सिटमा पु¥याउन सफल भएको छ ।  सरकार गठन गर्न आवश्यक न्यूनतम सिट संख्या २ सय ७२ भन्दा १० सिट बढी ल्याएर एक्लौटी सरकार बनाउन सक्ने अवस्थामा भाजपा पुगेको छ । अहिलेको चुनावी परिणामसँग आएको महत्वपूर्ण कुरा के हो भने  सन् १९८४ पछि भारतमा कुनै पनि एक दलले बहुमत प्राप्त गरेको यो पहिलोपटक हो ।  त्यति मात्रै होइन, भाजपाले नेतृत्व गरेको ‘नेशनल डेमोक्रेटिक अलायन्स’ (एनडीए) गठबन्धनले ३ सय ३६ सिटमा शानदार विजय पायो ।

Read more »

सरकारको चेहरामा ग्रहण

हिजो जनयुद्ध र त्यसपछिको जनआन्दोलनले नेपाली जनतामा परिवर्तनप्रतिको तीव्र आकंक्षा जागृत गरिदियो । त्यसपछिका केही खास राजनीतिक आन्दोलन र परिवर्तनहरुले उस्तै आसाको संचार गरे । देशमा संविधानसभाको निर्वाचन हुनु, गणतन्त्र स्थापना हुनु, सदियौंदेखि उपेक्षामा परेका वर्ग तथा समुदायहरुले राज्यको मूलधारमा प्रवेश पाउनु, दलित, जनजातिहरुले खास अधिकार प्राप्त गर्नु, मुलुक संघीयताको ढाँचामा अघि बढ्नु आदि आम जनताको संघर्ष र बलिदानका उपज थिए । संविधानसभाबाटै जनमुखी संविधान निर्माण गर्ने गरी संविधानसभाको चुनाव हुनु अर्को ऐतिहासिक परिवतर्नको मोड थियो । तर, पहिलो संविधानसभा संविधानै निर्माण नगरी विघटन भैदियो । त्यसपछि मुलुक अहिले दोस्रो संविधानसभाको प्रक्रियामा छ । यद्यपी, आम जनतामा हिजोका परिवतर्नप्रतिका आकंक्षाहरु उस्तै छन्  । समाज परिवर्तन चाहान्छ । जनता व्यवस्थामात्रै हैन अवस्था पनि फेरिएको हेर्न चाहान्छन् । सिधा हिसाबमा भन्ने हो भने यो समयमा आम जनता दीर्घकालिन शान्तिको स्थापना, जनमुखी संविधान र मुलुकको समग्र समृद्धि र विकास चाहान्छन्  । तर, यी सब कुराको नेतृत्व गर्ने सरकार र संविधानसभा अहिले चरम निराशाको सिकार बन्दै गइरहेको छ ।

Read more »

नानीहरु र देश

अध्याय एक–

नानीहरु–
झोलाभरि सुकिला अक्षरहरु बोकेर
सुदूर गाउँको पाठशाला धाइरेछन्
र, पढिरहेछन्– यो देशका उन्नत सपनाहरु ।

नानीहरु–
चेतनाले नबुझेरै पनि
कलिला आँखाहरु हेर्न थालेदेखि
यही देशको नक्सा हेरिरहेछन्
आवाज बोल्न थालेदेखि
यही देशको गीत गाइरहेछन्
र, कलिला खुट्टाहरु हिँड्न थालेदेखि
यही देश हिँडिरहेछन् ।

साँच्चै !
नानीहरुलाई यो देश सुहाउँछ कि सुहाउँदैन ?

Read more »

डाँगीहाट देखिने ऐना

अहिले साहित्य र पुस्तक बजारलाई आख्यानले छपक्कै छोपेको छ । यस्तो बेला खोज–अनुसन्धान, शोध, अध्ययन, सर्वेक्षणमा आधारित पुस्तकहरु अत्यन्तै कम छापिँदैछन् । सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, राजनीतिक विषयहरुमा केन्द्रित रहेर लेखिएका पुस्तकहरु पर्याप्त रुपमा उपलब्ध छैनन् हामीकहाँ । त्यस्ता विषयमा लेखिएका किताबहरुले अरु जति चर्चा पनि पाउँदैनन् । जसले गर्दा पुस्तक÷ग्रन्थहरु सीमितै रहन पुग्छन् । तर, त्यसरी खोज–अनुसन्धान, अध्ययन, सर्वेक्षणमा आधारित रहेर लेखिएका पुस्तकहरु हरेक हिसाबमा महत्वपूर्ण चाहीँ हुन्छन् । समाजमा तिनीहरुको आफ्नै महत्व हुन्छ ।
समाजिक खोज–अनुसन्धान र शोधमा आधारित ग्रन्थहरु जहाँको विषयवस्तुमाथि लेखिएका हुन्छन्, ती त्यही ठाउँ र समाजका लागि महत्वपूर्ण हुन्छन् । त्यस्ता ग्रन्थले उठान गरेका विषयवस्तुको औचित्य, विशिष्टता,  सान्दर्भिकता र आवश्यकताको कसीले ग्रन्थको महत्वलाई अरु व्यापक र उचो बनाउन सक्ने ठाउँ हुन्छ, यो दोस्रो पक्ष हो । परन्तु, त्यस्ता सामाजिक ग्रन्थहरु समाजका सबैभन्दा सत्य अभिलेख हुन्छन् । यस्तो लेखनी समाजिक भूमिका हो । जिम्मेदारिता र उत्तरदायित्व हो । यस्तै भूमिका र जिम्मेवारी वहन गरेका÷गरिरहेका छन् लेखक धनजीत पराजुली ।

Read more »

यौटै धागोमा अनेक फूलहरु

पुस्तकको आवरण देख्नेसाथ केही खास लागेको थियो मलाई । त्यस्तो आवरण पहिले कहिल्यै देखेको थिइँन मैले । बिहानीपख निर्वाद उघ्रिएको क्षितिज छ, खुलेको आकाश छ, त्यसको मुनि ठिंग उभिएको यौटा खुल्ला ढोका । अनि, फैलिएको चउर छ । त्यहाँ न कुनै घर छ, न कुनै अडेस । घर भने पनि, छानो भने पनि त्यही आकाश छ । वरिपरि  छ, सुनसान र खुल्ला परिवेश । न कुनै मान्छेको उपस्थिती, न कुनै सहरको झल्को । यस्तो आवरण वास्वतमै यौटा चोखो विम्ब बन्न सक्छ भन्ने त्यतिबेलै लागेको हो ।
यस्तो आवरण भएको पुस्तक संकलित निबन्धहरुको संग्रह ‘निर्बनध मोन्टाज’को हो । जसलाई युवा निबन्धकार दीपक सापकोटाले सम्पादन गरेका छन् । सापकोटा खासगरी अखबारी लेखनमा स्थापित लेखक हुन् । उनी क्रियाशील पत्रकार पनि हुन् । मूलतः निबन्ध लेखनमा परिचित र स्थापित सापकोटाको एकल निबन्ध संग्रह ‘लोकेसन’ पहिल्यै प्रकाशित भइसकेको छ । यसपटक उनले निजी रचनाको संग्रह नदिएर छरिएका निबन्धकारहरुका निबन्धहरुलाई संकलन गरेर एकमुस्ट कृति दिएका छन् । यस मानेमा उनको यो काम र मेहनतले नेपाली निबन्ध लेखन र त्यसको विकासप्रति उनको प्रतिवद्धता देखाउँदछ । प्रस्तुत कृतिले निबन्धलाई समृद्ध र प्रभावकारी बनाउन के, कति योगदान पु¥याउँछ, त्यो यौटा कुरा हो, तर आख्यानको ‘इन्जेक्सन’ले नेपाली लेखकहरुलाई लठ्याईरहेको अवस्थामा सापकोटाको यो कामले पाठकहरुलाई यो विधातर्फ धेरथोर आकर्षति जरुर गर्ने छ ।

Read more »

दुई माओवादीको ‘एकता’

तात्कालिन एमाओवादी विभाजन भएको दुई वर्ष हुन लाग्यो । यो बीचमा दुई माओवादी पार्टीभित्र धेरै फेरबदलहरु भए नै, राष्ट्रिय राजनीतिमा धेरै उतार–चढावहरु आए । पहिलो संविधानसभाको विघटन हुनु, गैरदलीय नेतृत्वमा चुनावी सरकार गठन हुनु, वैद्य माओवादी चुनावी मैदानबाहिरै रहनु, एमाओवादीले हिजोको आकार र उचाइ गुमाउँदै केवल तेस्रो शक्तिको हैसियतमा संविधानसभाभित्र छिर्नु आदि सबै यो बीचमा नेपालको राजनीतिक डिस्कोर्समा भएका प्रमुख फेरबदलहरु हुन् । त्यसमा पनि मूख्य राजनीतिक अन्तरवस्तु भनेको हिजोका दिनमा संविधानसभा, गणतन्त्र, समावेशीताजस्ता अग्रगामी मुद्धाहरुलाई उठाएर राष्ट्रिय राजनीतिमा स्थापित गराउने प्रमुख शक्ति लगभग ‘ध्वस्त’ भएको स्थितीमा पुग्नु र हिजोदेखि नै ती मुद्धाहरुलाई नरुचाउने शक्तिहरु प्रमुख शक्तिका रुपमा पुर्नस्थापित हुँदा राष्ट्रिय राजनीतिमा एकप्रकारको ध्रुवीकरण पैदा भएको छ । मूलतः अहिले दुई माओवादीको राजनीतिक एजेण्डाको निर्माण, कार्यान्वयन र सम्भावित पार्टी एकताको विषयले यही अन्तरवस्तुको वरिपरि फन्को मार्छ । अर्थात्, अबका दिनमा दुई माओवादीको पुर्नमिलनको औचित्य र सम्भाव्यताको सामान्य विश्लेषण यही कोणबाट गर्न सकिन्छ ।

Read more »

पाठकका न्यायधीश

पचासको दशकमा मोफसलबाट उदाएका शक्तिसाली कविहरुमध्येका एक हुन्– गण्डकीपुत्र । जो आज मोफसल भनिने पूर्वी बिराटनगरमा बसेर कविता लेखिरहेका छन् । संस्थागत साहित्यको अगुवाइ गरिरहेका छन् । केन्द्रभन्दा टाढै रहेर उन्नत कविता लेखिरहेका यी कवि साधनाका हिसाबले अघिल्लो दशकमै स्थापित भइसक्नुपर्ने कवि हुन् । आज उनी जुन काव्यिक धरातलमा छन्, त्यो पर्याप्त होइन । उनका कविताले कविताको शक्ति र सामथ्र्यअनुरुपको उचाइ अझै लिइसकेका छैनन् । अतः गण्डकीपुत्र आन्दोलन र संघर्षको माझबाट काव्यिक आन्दोलनको नेतृत्व गर्दै आएका नेतृत्वदायी यी कवि हुन् ।
केही समयअघि गण्डकीपुत्रको दोस्रो कवितासंग्रह ‘मूच्र्छनाभित्र’ प्रकाशित भएको छ । यसअघि उनको ‘आन्दोलनका उन्नाइस दिन र सडकका कविताहरु’ शीर्षकको कवितासंग्रह प्रकाशित भइसकेका छन् । आन्दोलनलाई सफल पार्ने र अरु उर्जा दिने प्रयोजनबाट प्रकाशित उक्त कविता संग्रहले गण्डकीपुत्रको काव्यिक उज्यालोलाई सबैतिर छर्न सकेन । यद्यपी, उनी निरन्तर साधनारत रहे । ढिलोचाँडो समय–साधनाको मागले उनलाई दोस्रो कवितासंग्रहका लागि अग्रसर बनाइदियो ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;