Flock Singer LP Joshi+Me

‘रिटिङ-रिटिङ (न) बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो … ‘

वरिष्ठ लोकगायक एलपी जोशीसँग २०६८, पुस (झापा-दमक स्थित वहाँकै निबास) मा अन्र्तवार्ता गर्दै ।

x

भानु जयन्तीको सन्दर्भ

झापा-काँकरभिट्टामा सम्पन्न ‘भानु जयन्ती विशेष कार्यक्रम’को एक झल्को । (२०७०)

b

सिर्जनाका कुरा….

रेडियो ताप्लेजुङको स्थानीय सामुदायिक एफ.एम. ‘रेडियो ताप्लेजुङ’को साहित्यिक कार्यक्रममा ४ वर्ष पहिले अन्तरवार्ता गर्दै ।

j

जनगायकका कुरा …

प्रलेस-ताप्लेजुङ शाखाले आयोजना गरेको भेटघाट कार्यक्रम । प्रसिद्ध जनकलाकार जेबी टुहुरे (बोल्दै) । क्रमशः म र मित्र मणि सुब्बा । (२०६६)

सम्झना तस्बिरमा

२०६६ साल । ‘पाथीभरा बहुमुखी क्याम्पस’को एक कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै ।

 

नेपालः क्रिकेटको पनि देश

विश्व खेलकुदको इतिहास हेर्दा क्रिकेटले लामै यात्रा पार गरिसकेको छ । १६ औं शताब्दीमा पहिलोपल्ट क्रिकेट  खेलको सुरुआत भएको थियो– इङ्ल्याण्डमा । विस्तारै यो खेलको जरा बेलायततिर पनि स¥यो । खासगरी बेलायतीहरुले त्यतिबेला आफ्ना उपनिवेश राष्ट्रहरुमा प्रवेश गराएको पाइन्छ । लामै सयमसम्म यो खेल आन्तरिक रुपमै सिमित रह्यो । यौटा देशलाई अर्को देशसँग जोड्ने माध्यम बन्न करिब दुई शताब्दी नै लाग्यो, क्रिकेटलाई । सन् १८४४ देखि एक देशले अर्को देशसँग क्रिकेटलाई प्रतियोगिताकै रुपमा खेल्न थाले । ‘लौरोले बललाई हान्नुपर्ने’ यस्तो खेल सिक्न खास गरी भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इन्डिजजस्ता देशलाई धेरै समय नै लागेन । ती नै देशहरुबाट फैलिएको क्रिकेट आज विश्व खेलुकदकै दोस्रो लोकप्रिय खेल बन्न पुगेको छ ।

Read more »

संविधानसभा र नेपाली कम्युनिष्टको भविष्य

नेपालमा संविधानसभा र गणतन्त्रको कुरा २००७ साल पहिल्यै उठेको थियो । प्रजातन्त्रको स्थापनापछि नेपाली राजनीतिको नयाँ अध्याय सुरु भयो । तर, सक्रिय राजतन्त्र र पञ्चायतकालमा संविधानसभाको नारा विस्तारै कमजोर भयो । बीच–बीचमा राजतन्त्र नरुचाउनेहरुले परिवर्तनकारी देखिनका लागि संविधानसभा र गणतन्त्रको कुरा गरे पनि राजनीतिक मुद्धा बन्नै सकेन । अर्थात्, निरंकुश राजतन्त्रभरि संविधानसभा नेपाली राजनीतिको एजेण्डा नै बन्न सकेनन् । ०४६ सालको पहिलो जनआन्दोलनसम्म आईपुग्दा पनि संविधानसभा र गणतन्त्रले नेपाली राजनीतिमा त्यति ठाउँ पाइरहेका थिएनन् । बेलाबेला उठ्ने त्यस्ता स्वरहरु एकप्रकारले दमित नै थिए । जब तात्कालिन नेकपा (माओवादी) ले २ फागुन २०५२ देखि घोषित रुपमै ‘जनयुद्ध’ सुरु ग¥यो । त्यसैबेलादेखि बन्दुकको गर्जनसँगै संविधानसभाको चुनाव र गणतन्त्रको नाराले नेपाली राजनीतिमा व्यापक ठाउँ पायो ।

Read more »

यावत् नासोहरु

जिन्दगीको आधी बाटोमा
छोडेर जाने मायालु !
जीवनको कुनै छेउमा
फेरि भेट भयो भने हाम्रो
तिमीलाई दिन बाँकी
केही कुरा छन्– मसँग ।
……………………..

Read more »

डाक्टरका सुकिला कविता

निरज भट्टराई पेशाले डाक्टर हुन् । त्योभन्दा फराकिलो अर्को परिचय छ उनको– गजलकारको । उनी आधुनिक नेपाली गजल क्षेत्रका एक कुशल र ओजपूर्ण हस्ताक्षर हुन् । उनका दुई गजलसंग्रह पहिल्यै आइसकेका छन् । अहिले उनको परिचयको अर्को घेरा थपिएको छ– कविको । कविताको क्षेत्रमा आफ्नो ‘स्पेस’को खोजि गर्दै यसपल्ट उनले बडो हिम्मतका साथ कवितासंग्रह दिएका छन्– ‘धुवाँको धागो’ ।
गएका केही दशकहरुलाई हेर्ने हो भने हाम्रा अत्यन्तै थोरै कविताबाहेक कविताको साँचो भाषा र सौन्दर्य कवितामा थिएन नै । मूलतः भाषाको सौन्दर्य र सामथ्र्यका निम्ति कविता पढ्नै नपर्ने भयो । कविताका पाठक विरक्तिएर अन्तै लागे । पलयान भए । जो अझै कवितामा फर्किएका छैनन् । फर्किन अझै समय लाग्ने छ । नेपाली कवितामा यो ठूलो नोक्सान हो । यस्तो बेला कवितालाई जोगाउन प्रतिभासाली कविहरुले मात्रै सक्थे, सक्छन् ।

Read more »

एमाओवादी खुम्चिनुका कारणहरु

लामो सयमसम्म ‘सशस्त्र’ युद्ध लडेको तात्कालिन नेकपा (माओवादी) बृहत् शान्ति सम्झौता, जनआन्दालेन हुँदै संविधानसभाको निर्वाचनसम्म आइपुग्यो । र, ०६४ को निर्वाचनमार्फत् असोचनीय रुपमा पूराना संसद्वादी शक्तिहरुलाई बढार्दै मुलुकको पहिलो राजनीतिक शक्ति बन्यो । विश्वमा युद्धको पृष्ठभूमिबाट आएको कुनै पनि राजनीतिक शक्ति पहिलो निर्वाचनबाटै यसरी प्रमुख शक्ति बनेको इतिहास सायदै छैन । तर, त्यसको ठिक पाँच वर्षपछि भएको संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा एमाओवादीको त्यो विजय इतिहास बन्यो । र, अनपेक्षित रुपमा उसले तेस्रो शक्तिका रुपमा खुम्चिनुप¥यो । संविधानसभामा भएको आफ्नो पूरानो तौल र हाइट दुवै गुम्यो ।
चुनावपछिका सुरुवाती दिनहरुमा एमाओवादीले अन्तराष्ट्रि योजनाअनुरुप आफूहरुलाई ‘हराएको’ कुरा ग¥यो । चुनाव धाँधलीको विषयलाई निकै चर्कायो पनि । तर, विस्तारै उसले आफूहरुको पराजयपछाडि बाहिरी कारणले नभइ पार्टीभित्रकै आन्तरिक कारण र समस्याहरु बढी जिम्मेवार रहेको निष्कर्ष निकाल्दै छ । चुनावपछिका दिनहुँ भएका पार्टीका बैठकहरुमा यसबारे राम्रैगरी समीक्षा भएको छ । वास्तवमा भएको यही हो ।

Read more »

कविताकै भाषा लिएर

‘न्यूजविक’ले मे ४, २००४ को अंकमा एज्ररा पाउण्डको ‘कविता म¥यो, यसको वास्ता कसले ग¥यो ?’ (पोयट्री इज डेडः डज एनिबडी रियल्ली केयर ?) शीर्षकको विष्फोटक लेख प्रकाशित गरेको थियो । उक्त लेखले संसारमा कविताको आत्मा मर्दै जान थालेको र कविता एक्लिँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेको थियो ।
पछिल्ला केही दशकमा नेपाली कविताले छिचोलेका आरोह–अवरोहरु हेर्ने हो भने थोरै कविताबाहेक साँचो कविताको भाषा कवितामा थिएन नै । बरु, कविताको आफ्नो भाषा धेरै आख्यानमा गयो, गीतमा गयो । अरु केहीमा गयो । तर, कविताचाहिँ अरुलाई कपडा बाँड्दा–बाँड्दा आफू नांगिएर भागेको कुनै सम्राटजस्तो भयो । अथवा, कविताले आफ्नो उज्यालो अरुलाई बाँडेर आफू धिपधिपाउँदै बलिरह्यो । यो समयमा अत्यन्तै थोरै कवितााहेक धेरै कविता, कविताका नाममा अनेकथोक भएर आए । ती कविताले असल कविताका पाठकमाथि निमर्म दमन नै गरे । भाषाको सौन्दर्य र सामथ्र्यका निम्ति कविता पढ्नै नपर्ने भयो । नेपाली कवितामा यो ठूलो नोक्सान भयो ।

Read more »

काव्य – शिविरमा हेमप्रभास

नेपाली कविताका क्षेत्रमा २०६० को दशकमा उदाएका सामथ्र्यवान् कविहरुमध्येका एकजना युवाकवि हुन्– हेमप्रभास । जो समसामयिक नेपाली काव्य–क्षितिजका उल्लेख्य विम्बकवि हुन् । ०६० को दशकमा केही त्यस्ता कविहरु उदाए, जसले मर्दै गइरहेको कविताको जीवनलाई जोगाउने काम गरे, गर्दै आइरहेका छन् । हेमप्रभास त्यही पुस्ताका एक लोभलाग्दा कवि हुन् । जो कविताको जीवन बोकेर हि“ड्छन् । एक दशकभन्दा लामो काव्य यात्राका क्रममा तीन वटा एकल र एक संयुक्त गरी ४ कृतिहरु दिइसकेका हेमप्रभास कविता लेखेरै, सुनाएरै आधा दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साहित्यिक पुरस्कारद्वारा पुरस्कृति भइसकेका छन् ।
उनै हेमप्रभासको नया“ कवितासंग्रह ‘सहर पसेको मान्छे’ हालसालै प्रकाशनमा आएको छ, पा“चौं कृतिका रुपमा । यसअघि ‘पहाड बोकेर पहाडतिर (२०६६)’ शीर्षकको कवितासंग्रह उनको काव्यिक यात्राको एउटा महत्वपूर्ण कोसेढुंगोको रुपमा रह्यो । दुई बर्षपछि अर्थात्, २०६८ मा त्यही पुस्तकको दोस्रो संस्करण पनि प्रकाशित भयो । ठिक दुई बर्षपछि प्रस्तुत कृति दिएका हेमप्रभासको लगत्तै नवीनतम् कविताहरुको अर्काे कृति आउ“दैछ, यो खुसीकै कुरो हो । अतः हेमप्रभास निरन्तर कवितायात्रामै छन् । काव्य–शिविरमै छन् ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;