Flock Singer LP Joshi+Me

‘रिटिङ-रिटिङ (न) बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो … ‘

वरिष्ठ लोकगायक एलपी जोशीसँग २०६८, पुस (झापा-दमक स्थित वहाँकै निबास) मा अन्र्तवार्ता गर्दै ।

x

भानु जयन्तीको सन्दर्भ

झापा-काँकरभिट्टामा सम्पन्न ‘भानु जयन्ती विशेष कार्यक्रम’को एक झल्को । (२०७०)

b

सिर्जनाका कुरा….

रेडियो ताप्लेजुङको स्थानीय सामुदायिक एफ.एम. ‘रेडियो ताप्लेजुङ’को साहित्यिक कार्यक्रममा ४ वर्ष पहिले अन्तरवार्ता गर्दै ।

j

जनगायकका कुरा …

प्रलेस-ताप्लेजुङ शाखाले आयोजना गरेको भेटघाट कार्यक्रम । प्रसिद्ध जनकलाकार जेबी टुहुरे (बोल्दै) । क्रमशः म र मित्र मणि सुब्बा । (२०६६)

सम्झना तस्बिरमा

२०६६ साल । ‘पाथीभरा बहुमुखी क्याम्पस’को एक कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै ।

 

जनमुखी सरकारको आवश्यकता

हामीलाई थाहा छ– हिजो चुनावअघि उम्मेदवारहरु जनताको घरदैलोमा गएर भोट माग्दा एक थान संविधान दिने मात्रै कुरा गरेका छैनन् । त्योभन्दा बढी जनतालाई विकासे सुविधा दिने बाचा गरेका छन् । जनतालाई पर्याप्त विकाससँग जोड्ने प्रतिवद्धता गरेका छन् । सामान्य हिसाबले हेर्दा आम मतदाताका लागि राज्यको शासन प्रणाली, संरचना, सत्ता र शक्तिको खेल यी सबै कुरा गौण हुन्छन् । र, स्थानीय विकास, समृद्धि, राज्यको स्रोत–साधनहरुको न्यायपूर्ण वितरणजस्ता मुद्धाहरु नै महत्वपूर्ण हुन्छन् । अतः यस पटकको चुनावमा पनि त्यही देखियो, जुन हिजो देखिन्थ्यो । यसपटक थोरै मतदाताले मात्रै संविधानको सर्तमा मतदान गरेका छन् भने बहुसंख्यक मतदाताले स्यानीय विकास निर्माणका मुद्धालाई सर्त बनाउँदै मतदान गरेका छन् । यो कुरा जितेर जानेहरुले राम्ररी बुझेकै हुनुपर्छ ।

Read more »

यौटै प्रश्न ….

यौटै प्रश्न अक्सर सोध्नेहरु छन्,
किन भइस् पत्थर ? सोध्नेहरु छन् ।

छोडेर साथ यहाँ आधी बाटोमै,
जिन्दगीको सफर सोध्नेहरु छन् ।

……………………………

Read more »

दोस्रो संविधानसभाका अप्ठेराहरु

पहिलो ऐतिहासिक संविधानसभाको वैधानिक कार्यकाल दुई वर्षको थियो । अर्थात्, दुई वर्षभित्रमा संविधान जारी गरिसक्नुपर्ने जनादेश संविधानसभासँग थियो । तर, वैधानिक समयमा संविधानसभाले आफ्नो कार्यभार पूरा गर्न नसक्दा पटक–पटक गरी चार पटक समय थपियो । चारै वटा सरकार फेरिए । तैपनि, परिणाम सुखद् निस्किएन । जनप्रतिनिधीहरुको सर्वोच्च संस्था संविधानसभाबाटै संविधान जारी गर्ने ऐतिहासिक अवसरलाई हाम्रो राजनीतिक नेतृत्वले उपयोग गर्न सकेनन् । अन्ततः बिजोगपूर्ण अवस्थाबाट संविधानसभाको विघटन भयो । कारण, शान्ति र संविधानको कार्यभार कोही, कसैको पनि प्राथमिकतामा परेन । मूल नेतृत्व सत्तास्वर्गमै अल्मलियो । जनताको महान बलिदान र संघर्षबाट आर्जेको संविधानसभालाई राजनीतिक नेतृत्वले पैसा, शक्ति र सत्तासँग साट्यो । हिजोको यस्तो दृष्टान्त आज हाम्रा सामु छ ।

Read more »

अर्को ‘आर्ट ग्यालरी’

०६४ को संविधानसभाको पहिलो र ऐतिहासिक निर्वाचनलाई ‘एक जुगमा एकपल्ट आउने एक दिन’ भनेर भनेका थियौं हामीले । तर दूर्भाग्य, भइदियो ठिक उल्टो । अर्थात्, केवल पाँच वर्षकै अन्तरमा यही जुगमा एउटै संविधानसभाको निर्वाचनलाई दोस्रोे पटक भोग ग¥यौं हामीले । जहाँ हाम्रा राजनीतिक दल र नेतृत्वले विघटन भइसकेको संविधानसभाको औचित्यलाई संविधानसभा पटक–पटक असफल भएका केही युरोपिएन मुलुकहरुको उदाहरणको कार्ड देखाउँदै पुष्टि गरिदिए । र, हामी सामेल भइदियौं दोस्रो संविधानसभाको ‘महायज्ञ’मा । संविधानसभा निर्वाचन भाग–२ को नाममा हामीले खसालेको भोटले मुलुकको राजनीतिलाई लयमा फर्काउनका लागि जति काम गरेको छ, त्योभन्दा बढी विगतमा हाम्रो राजनीतिक नेतृत्वले गरेको गल्ति र उनीहहरुको असफलतलाई ‘वैधानिकता’ दिने काम गरेको छ ।

Read more »

सरस्वतीका इन्द्रेणी कविता

१९औं शताब्दीका विश्वप्रसिद्ध अमेरिकन कवि टीएस् इलियले भनेका थिए– ‘कुनै एउटा पाठकले सडकमा कवितालाई टिपेर अथवा पत्रिकाका पाना काटेर आफ्नो डायरीमा कविता जतन गरेर राख्छ भने इतिहासको सबैभन्दा उत्तम कविता त्यही हो ।’

कवि संसारको सबैभन्दा सुन्दर मान्छे हो । कविताहरु संसारका सबैभन्दा सुन्दर वस्तुहरु हुन् । कविता मान्छेको स्रोत हो । जीवन सिक्नेहरु कविताबाटै सिक्छन् । युग चिन्नेहरु पनि कवितामा आउ“छन् । सत्यलाई हेर्नेहरु पनि कवितासम्म आइपुग्छन् एकपटक । इतिहास जसरी लेखिए पनि इतिहासले एकपटक कविता हेर्छ । उसले एकपटक कविलाई पनि हेर्छ । र, सलाम गर्छ । मान्छेहरुले जीवन जसरी भोगे पनि एकचोटी कवितामा आउ“छन् । सबैले कवितालाई चिन्न नसक्लान् तर कविताले सबैलाई चिनेको हुन्छ ।

Read more »

हिंसासँगै बढ्दै छ चिन्ता

कुनै पनि समाज कति स्वतन्त्र छ भन्ने कुराको मापन त्यस समाजका महिलाहरु कति स्वतन्त्र छन् भन्ने कुराले पनि गर्दछ । –स्टेफन माइकसेल

हिंसाको मूल कारण
महिलाहरुमाथि हिंसा बढ्नुका विभिन्न कारणहरु छन् । हिंसाका कारणहरु रुपमा जेजे भए पनि यसका अन्तरवस्तुहरु सिमित नै छन् । मनोचिकित्सक डा.निराकरमान श्रेष्ठ ‘हाम्रै समाजिक संरचना र यसले विकास गरेको विशेष मनोविज्ञान’लाई महिलाहिंसा बढ्नुको प्रमुख कारण ठान्छन् । ‘सामन्ती समाजिक संरचनामा आधारित पितृसत्तात्मक मनोविज्ञानबाट हाम्रो नेपाली समाज हुर्केको छ, जसले हामीमा महिलालाई सधैं समाजको दोस्रो दर्जाकै रुपमा लिने मानसिकताको निर्माण गर्दै आइरहेको छ’, उनी भन्छन्– ‘आज आर्थिक, राजनीतिक र साँस्कृतिक दृष्टिले समान्तवाद निकै कमजोर भइसक्दा पनि समाजबाट यस्तो विकृत र अपराधिक मनोविज्ञान हट्न सकेको छैन ।’

Read more »

जगदीश : चेतनाको एउटा क्षितिज

त्यतिबेला भाषा, साहित्यको केन्द्र भनिने काठमाडौंमा दुईवटा ठूला साहित्य उत्सव सकिँदै थिए– अन्तराष्ट्रिय नेपाली संघगोष्ठी र एनसेल लिट्रेचर फेस्टिभल । जसले काठमाडौंलाई पुनः एकपटक ज्ञान र चेतनाको केन्द्र बनायो । देशलाई चेतनाको उज्यालो बाँड्यो । तर, समयको त्यही छेउमा नेपाली साहित्यको एउटा उज्यालो झिपिक्कै निभेर गयो ।

अहिले मिडियाहरु राजीतिका खबर वरिपरि घुमिरहेका छन्, हुन्छन् । यो समयमा अरु खबरहरुले फराकिलो स्पेस लिइरहेका छैनन्, लिँदैनन् । यस्तो बेलामा केही समयअघि गायक फत्तेमान राजभण्डारीको प्रिय निधनले अरु धेरै कुरालाई छोटै समय भए पनि पाखो लगायो । र, सञ्चारमाध्यमहरुभरि उनै फत्तेमानका कालजयी स्वरहरु गुञ्जिरहे । काठमाण्डूमा फेरि एकपटक त्यस्तै दृश्य दोहोरियो ।

Read more »

© All Rights Reserved. Prabin Baniya 2014 | Developed by: Umesh Ghimire
;